शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेङ्गुबाट कसरी बच्ने ?

मङ्गलबार, २१ मङ्सिर २०७३, १२ : १२
मङ्गलबार, २१ मङ्सिर २०७३

केही वर्षयता नेपालमा डेङ्गुका बिरामीहरु दिनदिनै बढिरहेका छन् । खासगरी अव्यवस्थित बसाइ, औद्योगीकरण, जथाभावी फ्यालिएका फोहोर तथा टायर, स्वच्छ पानीको अभाव आदि कारणले डेङ्गु फैलँदै गएको छ । जनचेतनाको कमी, आवश्यक खोप, औषधीको अभावले बेलाबेलामा डेङ्गुले महामारीको रुप लिने गरेको छ । डेङ्गु के हो ? कसरी सर्छ र यसबाट कसरी बच्ने उपायका बारेमा डाक्टर अनुपराज बास्तोलाका सुझाव यस्ता छन्ः

नेपालका सन्दर्भमा डेङ्गु नयाँ रोग हो । सन् २००४ मा पहिलो पटक डेङ्गु देखापरेको हो । त्यसपछि प्रत्येक वर्ष यस रोगका बिरामी बढिरहेका छन् । तर सामान्य सावधानी अपनायो भने डेङ्गुबाट बच्न सकिन्छ । सामान्यतः एडिज नामको लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्ने गर्दछ ।

डेङ्गु लाग्ने कारणः –घरवरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भएमा लामखुट्टे बढ्छन् । लामखुट्टेको टोकाइबाट नै डेङ्गु लाग्छ ।

डेङ्गुका लक्षणहरुः –लगातार अत्यधिक (१०३ डिग्रीसम्म) ज्वरो आउनु । –शरीरका विभिन्न अङ्गमा रगत जम्ने । जसले गर्दा असजिलो महशुस हुने । –टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, चिलाउने वा सुन्निने । – रगतमा भएको प्लेटलेट्सको सङ्ख्या घट्ने । –डेङ्गु लागेको बढी समय भए शरीरका विभिन्न अङ्गबाट रगत बग्ने । –पिसाबमा रगत देखापर्ने । –बान्ता गर्दा रगत आउने । –कालो दिशा आउने । –श्वास फेर्न अप्ठ्यारो हुने ।

डेङ्गुको उच्च जोखिममा पर्ने व्यक्तिः –१ वर्षभन्दा कम उमेरका बच्चा र ६० वर्ष पार गरेका वृद्धा –गर्भवती, दीर्घ रोग लागेका व्यक्ति ।

डेङ्गु यसरी सर्छः –डेङ्गु ज्वरो आएका व्यक्तिलाई लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले स्वस्थ्य व्यक्तिलाई टोक्यो भने डेङ्गो सर्छ । –डेङ्गु लागेको व्यक्तिको रगत प्रयोग गर्दा सर्छ ।

डेङ्गुबाट बच्ने तरिकाः –दिउँसो टोक्ने एडिज लामखुट्टेका कारण डेङ्गो लाग्ने भएकाले बढी सचेत हुने । –बस्ने ठाउँको वरिपरि पानी जम्ने भाँडाकँुडा नराख्ने । –सम्भव भएसम्म पूरै जिउ छोप्ने कपडा लगाउने । –झ्याल ढोकामा जाली हाल्नुका साथै सुत्दा झुलको प्रयोग गर्ने । –घर वरपर सफा, सुग्घर राख्ने । –डेङ्गुको शङ्का लागेमा तुरुन्त स्वास्थ्य परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम कार्य गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप