बोल्दा आवाज आएन ? यसो गर्नुहोस्
बुधबार, २२ मङ्सिर २०७३, १४ : १३
होहल्ला गर्ने तथा चिच्याउने गर्दा कहिलेकाहीँ स्वर नै सुक्न सक्छ । कुनै वेला नारा–जुलुसमा चर्को बोल्दा या चिसोमा धेरै बस्दा पनि स्वर भासिन सक्छ । यस्तो समयमा बोल्नुपर्दा निकै असहज महसुस हुन्छ । बोल्दा आवाज ज्यादै मसिनो आउने कारण तथा यसको उपचार गर्ने तरिकाबारे नाक–कान–घाँटीरोग विशेषज्ञ डा. लालकिशोर यादव यसो भन्छन् : -
बोल्दा आवाज मसिनो सुनिने गरि स्वर सुक्नुको कारण स्वर नली (भोकल कर्ड)मा समस्या आउनु हो ।
भोकल कर्ड सुन्नियो भने अकस्मात स्वर सुक्ने समस्या हुन सक्छ ।
कहिलेकाहीँ आफैँ केही समस्याले भोकल कर्ड सुन्निन्छ ।
धेरै चर्को बोल्दा या चिच्याउँदा पनि भोकल कर्डमा दबाब पर्छ र सुन्निन्छ ।
भोकल कर्ड जति धेरै सुन्नियो, स्वर उति नै सुक्छ ।
घाँटीमा इन्फेक्सन भएर पनि स्वर सुक्ने गर्छ ।
टन्सिल भएको वेला पनि स्वर सुक्न सक्छ ।
इन्फेक्सनले भोकल कर्डलाई बाक्लो बनाइदिन्छ र स्वर भासिन्छ ।
कतिपयको स्वर जन्मजात नै भासिएको हुन्छ, धोद्रो पनि हुन्छ । यो प्राकृतिक समस्या हो ।
यसरी गर्न सकिन्छ समाधान
आफैँ या चर्को बोलेर सुकेको स्वर फर्काउन भोकल कर्डलाई आराम दिनुपर्छ । यसलाई कुनै उपचार गर्नुपर्दैन । यसको उपचार भनेकै केही दिनसम्म नबोल्ने प्रयास गर्नु हो । केही दिनमा आफैँ कम हुँदै जान्छ ।
इन्फेक्सनका कारण स्वर भासिएको छ भने संक्रमण हटेपछि आफैँ निको हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा एन्टिबायोटिक लिन सकिन्छ ।
जन्मजात प्राकृतिक रूपमा सुकेको स्वर पनि फर्काउन नसकिने होइन । यसका लागि जटिल खालको फोनो सर्जरी आवश्यक हुन्छ । तर, यसरी गरिएको सर्जरीले पनि पूर्ण रूपमा स्वर उकास्न सक्छ नै भन्न सकिँदैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
-
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण