शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

चिसोमा यसरी गर्न सकिन्छ कारको हेरचाह

शुक्रबार, २४ मङ्सिर २०७३, ११ : ०९
शुक्रबार, २४ मङ्सिर २०७३
विभोर अग्रवाल डाइरेक्टर, एसोर्ड मोटर्स प्रालि चिसो मौसम सुरु भइसकेको छ । यसको असर हाम्रो सवारीसाधनलाई पर्नु पनि स्वाभाविक हो । चिसोकै कारण कारमा विभिन्न साना तथा ठूला समस्या देखापर्न सक्छन् । यस्तो कुनै पनि समस्याबाट जोगिन सामान्य उपाय अपनाउन सकिन्छ । त्यसका लागि सामान्य तयारी गर्दा पुग्छ । यदि तपाईं आफ्नो गाडीलाई साँच्चै प्रेम गर्नुहुन्छ भने यस्ता केही टिप्स अपनाउँदा गाडीलाई चिसोका कारण हुने असरबाट जोगाउन सकिन्छ : इन्जिन स्टार्ट गरेर छोड्ने चिसो मौसममा बिहान इन्जिन स्टार्ट गर्दा टर्बो नभएको गाडी करिब ५ मिनेट स्टार्ट गरेर छोड्ने र त्यसपछि चलाउँदा राम्रो हुन्छ । त्यस्तै, टर्बो भएको गाडी भने स्टार्ट गरेर करिब १० मिनेट त्यतिकै छाडेपछि चलाउनु राम्रो हुन्छ । कुलेन्टले गाडीलाई तातो बनाउँछ गाडीको इन्जिन एरियामा कुलेन्टको एउटा बक्स हुन्छ । यसले गाडीलाई गर्मी हुनबाट मात्र बचाउँदैन, जाडोमा चिसो हुनबाट पनि जोगाउँछ । चिसो मौसममा गाडीको उत्पादक कम्पनीको निर्देशनअनुसार रेडिएटर्समा कुलेन्ट र पानीको अनुपात कायम हुनुपर्छ । यसले इन्जिनका लागि उपयुक्त फ्रिजिङ पोइन्ट बनिरहन्छ । गाडीको लाइट दुरुस्त राख्ने चिसो मौसममा धेरै चालकलाई आइपर्ने प्रमुख समस्या हो, कम भिजिबिलिटी । यसबाट बच्नका लागि गाडीका सम्पूर्ण लाइट दुरुस्त राख्नुपर्छ, मुख्य गरेर हेडलाइट र फगलाइट । खराब प्रकाश तथा लाइटको एंगल गलत भएमा गाडी चलाउन साह्रै कठिन हुन्छ । जसले गर्दा तुवाँलो लागेको समयमा ठूलै दुर्घटना पनि हुन सक्छ । ब्याट्री तथा आयल इन्जिन गर्मीभन्दा चिसो समयमा कारको ब्याट्रीले कम पर्फर्मेन्स दिन्छ । त्यसैले यदि कारको ब्याट्री पहिलादेखि नै कमजोर छ भने त्यसलाई परिवर्तन गर्नु उपयुक्त हुन्छ । त्यस्तै, इन्जिन आयलका कारण पनि समस्या आएको हुन सक्छ । त्यसैले समस्या आउनासाथ परीक्षण गरेर परिवर्तन गर्नुपर्छ । टायर प्रेसर चेक गर्ने चिसो मौसममा टायर कडा हुन्छ । यस्तो भएमा बे्रकिङमा र ग्रिपमा असर पर्छ । टायर प्रेसर कति हुन्छ भन्ने विषय सवारीसाधनअनुुसार फरक–फरक हुन्छ । गाडीको ड्राइभरसाइडको ढोकामा या ब्रोसरमा सो उल्लेख गरिएको हुन्छ । सोहीअनुसार प्रेसर कायम राख्नुपर्छ । गाडीको रङ खुइलिनबाट जोगाउन चिसो मौसममा जसरी हाम्रो शरीरलाई जोगाउन ज्याकेट या अन्य कुनै कम्बलको आवश्यकता पर्छ, त्यस्तै आवश्यकता गाडीलाई पनि पर्छ । धेरै चिसो स्थान या हिउँ पर्ने क्षेत्रमा गाडीमा लगाइएको पेन्टलाई ओसलगायतको चिसोबाट जोगाउन कभर राख्नुपर्छ । त्यस्तै, वाक्स लगाएर पेन्टको बाहिरी सतहमा एक प्रकारको कोटिङ निर्माण हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप