शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेवास्ता नगर्नुहोस् एचआइभीका यी १५ संकेत, जो सुकैलाई लाग्न सक्छ यो रोग

आइतबार, २६ मङ्सिर २०७३, १० : २०
आइतबार, २६ मङ्सिर २०७३

नेपालमा एड्सका रोगी हज्जारौं छन् । यो रोग कुनै पनि उमेरका व्यक्तिहरुलाई लाग्न सक्छ । शरिरमा एचआइभी सक्रिय हुँदा यो रोग लाग्ने गर्दछ । यो भाइरसले शरिरमा संक्रमण पैदा गरेर रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाइदिने गर्दछ । यस्तो अवस्थामा रोगीका लागि रुघाखोकीसमेत घातक साबित हुन्छ ।

समस्या निकै बढेपछि मात्र नेपालीहरुले स्वास्थ्य परिक्षण गर्ने भएकाले एचआइभी पोजिटिभको मामलामा पनि स्थिती निकै नाजुक भएपछि मात्र यसबारे थाहा हुन्छ । यस्तो अवस्थामा समस्या निकै बढिसकेको हुन्छ । जबकी सुरुवाती अवस्थामा नै एचआइभी बारे पत्ता लागे समस्यालाई रोकथाम गर्न सकिन्छ ।

ज्वरोः हरेक तीन चार दिनमा ज्वरो आएको जस्तो महसुस हुनु वा पटक–पटक उच्च ज्वरो आउनु एचआइभी पोजिटिभ भएको सबैभन्दा पहिलो संकेत हो ।

थकानः एचआइभी पोजिटिभ हुँदा शरिर निकै कमजोर हुने गर्दछ । यस्तो अवस्थामा थोरै काम वा शारिरिक क्रियाकलाप गर्दा थकान महसुस हुन्छ ।

मांसपेशीमा ऐठनः शारिरिक क्रियाकलाप बिना नै मांशपेशीमा ऐठन भएको महसुस भइरहे पनि एचआइभी पोजिटिभको संकेत हुनसक्छ ।

जोर्नी सुन्निनेः घुँडा, काँध वा अन्य जोर्नी पटक–पटक सुन्निने भइरहे यो एड्सको संकेत हुनसक्छ ।

गला सुक्ने: पर्याप्त पानी पिउँदा पनि पटक पटक प्यास लागिरहन्छ भने यो पनि एचआइभी पोजिटिभको संकेत हो ।

टाउको दुख्नेः एचआइभी पोजिटिभ हुँदा धेरैजसो हल्का टाउको दुखिरहन्छ । धेरैपटक बेलुकाको समयमा यो दुखाई बढ्न पनि सक्छ ।

तौल घट्नुः एचआइभी पोजिटिभ हुँदा बिस्तारै तौल घट्न थाल्छ । डाइट र व्यायाममा परिवर्तन नगरिकनै तपाईंको तौल घटिरहेको छ भने यसलाई बेवास्ता नगर्नुहोस् ।

छालामा परिवर्तनः छाला पहेंलो र रातो हुनु । पटक–पटक चिलाउनु पनि एचआइभी संक्रमणको संकेत हुनसक्छ ।

छालामा डाबर आउनु, रातो हुनुः छालामा हल्का रातो रंगको डाबर वा र्यासेज देखिनु एचआइभी पोजिटिभको संकेत हुनसक्छ ।

तनाव बढ्नुः एचआइभी पोजिटिभ हुँदा सानो कुरामा पनि तनाव हुन्छ । पटक पटक रुन मनलाग्छ ।

बान्ताः पटक पटक बान्ता आइरहनु पनि एचआइभीको संकेत हुनसक्छ ।

रुघा खोकीः एचआइभी पोजिटिभ हुँदा शरिरमा रोग प्रतिरोधी क्षमतामा ह्रास आउने भएकाले पटक पटक रुघा खोकी लागिरहन्छ ।

सुख्खा खोकीः धेरैजसो कफ को समस्या हुनु । पटक पटक मुखको स्वाद खराब हुनु एड्सको संकेत हुनसक्छ ।

हप्ता लामो खोकीः लामो समयसम्म खोकी लागिरहनु पनि एचआइभी पोजिटिभको संकेत हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप