चस्माको फ्रेम कस्तो रङको रोज्ने ? पढ्नुहोस ९ तरिका
सुजन पन्थी फेसन डिजाइनर लाफ डिजाइन स्टुडियो, लाजिम्पाट
पावर भएको होस् या पावर नभएको, आँखाको सुरक्षाका लागि चस्मा अनिवार्य साधनजस्तो बनेको छ । बाहिर निस्किँदा सामना गर्नुपर्ने धुवाँ–धुलो र सूर्यको किरणको असरबाट आँखालाई जोगाउन चस्मा आवश्यक छ । चस्मा लगाउनुलाई फेसनका रूपमा समेत लिइन्छ । स्टाइलिस बन्न विभिन्न मोडेलका चस्मा लगाउने चलन छ । साँच्चै आँखाको सुरक्षाबाहेक फेसनका रूपमा पनि प्रयोग गर्नुहुन्छ भने चस्मा किन्दा फ्रेमको रङमा पनि ख्याल पुर्याउनु जरुरी हुन्छ । फ्रेमको रङ छनोट गर्दा लगाउने व्यक्तिको स्किन, आँखा र कपालको रङलाई आधार मान्नुपर्छ । फेसन डिजाइनर सुजन पन्थीले टिप्स दिएका छन् :
१.गाढा खैरो रङको कपाल छ भने चस्माको फ्रेम कालो, निलो या गुलाबी रङको रोज्नुहोस् । यी तीनवटै रङ सुहाउँछ ।
२. फिक्का खैरो कपाल छ भने कालो, निलो रङको फ्रेम सुहाउँदैन । यस्तो कपाल भएकाले रातो र प्याजी रङको फ्रेम रोज्नु उपयुक्त हुन्छ ।
३.ब्लन्ड हेयर (सुनौलो रङको कपाल) मा भने हरियो रङको फ्रेम सबैभन्दा उत्कृष्ट देखिन्छ ।
४.कपालको रङ कलरिङ गरेर रातो पार्नुभएको छ भने चस्माको फ्रेम कालो या हरियो रोज्दा सुहाउँछ ।
५.अधिकांश नेपालीको कपाल कालो नै हुन्छ । कालो कपालमा कालो फ्रेमकै चस्मा आकर्षक देखिन्छ । कालोबाहेक निलो र खरानी रङको फ्रेम पनि लगाउन सकिन्छ ।
६.पाको उमेरपछि कपाल फुल्ने गर्छ । आजकाल त कतिपयले युवावस्थामै कपाल रंग्याएर सेतो बनाउने गर्छन् । तपाईंको पनि कपाल सेतो छ भने हल्का निलो या चहकिलो रातो रङको फ्रेम भएको चस्मा सुहाउँछ । ७.आँखाको रङ खैरो प्रकृतिको छ भने चस्माको फ्रेम पनि खैरो, हरियो या सुनौलो खालको लगाउनु सुहाउँदो हुन्छ ।
८.हरियो फ्लेवरको आँखामा भने खैरो, सुनौलो या गुलाबी रङको फ्रेम भएको चस्मा आकर्षक देखिन्छ ।
९.निलो आँखामा भने निलो रङकै फ्रेमको चस्मा राम्रो देखिन्छ । यस्तो आँखामा खैरो र खरानी रङको फ्रेम पनि सुहाउँछ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
-
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण