शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खानामा समावेश गर्नुहोस् यी १५ खानेकुरा, कहिल्यै हुँदैन मधुमेह

मङ्गलबार, २८ मङ्सिर २०७३, १२ : २६
मङ्गलबार, २८ मङ्सिर २०७३

व्यस्त र अस्वस्थकर जीवनशैलीका कारण मधुमेहको ग्राफ तिब्र रुपमा बढ्ने गर्दछ । विशेषज्ञका अनुसार यदि दिनमा कम्तीमा ३० मिनेट हिँडे र स्वस्थ खानपिन गरे मधुमेहको खतराबाट मुक्त हुन सकिन्छ ।

डाइट क्लिनिक हेल्थ केयर प्रा.लि., दिल्लीकी निर्देशक र वेट लस स्पेसलिष्ट शीला शहरावतले यस्ता खानेकुराबारे जानकारी दिँदैछिन् जसले रगतमा चिनीको मात्रा र तौल कम गर्न सहयोग गर्दछ । नियमित खानामा यसको मात्रा बढाइए मधुमेहबाट बच्न सकिन्छ भने मधुमेहका रोगी पनि स्वस्थ रहिरहन सहयोग गर्दछ ।

मेथीः मेथीले रगतलाई शुद्ध बनाउन र रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न सहयोग गर्दछ । हरेक दिन बिहान एक ग्लास पानीमा एक चम्चा मेथीको दाना हालेर उमाल्नुहोस् र पिउनुहोस् । मेथीको सागलाई पनि डाइटमा समावेश गर्न सक्नुहुन्छ ।

राजमाः यसमा पर्याप्त प्रोटिन, फाइबर, म्याग्नेसियम र पोटासियम हुन्छ । यो खाँदा तौल र रगतमा चीनीको स्तरलाई नियन्त्रण गर्न सहयोग गर्दछ ।

चिल्लोरहित दुधः दैनिक राती सुत्नुभन्दा पहिले एक ग्लास मनतातो दुध पिउनुहोस् । यसले पाचन शक्ति राम्रो हुन्छ । तौल र रगतमा चिनीको मात्रामा नियन्त्रणमा राख्न सहयोग गर्दछ ।

दहीः खाना खाँदा एक कप दही खानुहोस् । यसमा पर्याप्त प्राटिन, क्याल्सियम हुन्छ । यसले तौल नियन्त्रणमा राख्नुका साथै मधुमेहको आशंका पनि घटाउँछ ।

एल्मोन्डः दैनिक बिहान दुईवटा भिजाएको बदाम खानुहोस् । यसमा पाइने भिटामिन इ र ओमेगा थ्री फयटी एसिडले तौल घटाउन सहयोग गर्दछ भने रगतमा चिनीको मात्रामालाई कम गर्नमा सधाउ पुर्याउँछ ।

डार्क चक्लेटः केही गुलियो खान मन लागे डार्क चकलेट खानुहोस् । यसमा पाइने कोकाले शरिरमा इन्सुलिनको मात्रामा नियन्त्रणमा राख्दछ । यसले मधुमेहको आशंकालाई पनि घटाउँछ ।

बेसारः दैनिक बिहान एक सानो चम्चा बेसार खाएर मनतातो पानी पिउनुहोस् । यसमा पाइने करक्युमिनले तौल घटाउन र रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

दालचिनीः यसमा पाइने क्रोमियमले इन्सुलिनलाई नियन्त्रणमा राख्दछ । ग्रीन टीमा एक चिम्टी दालचिनीको पाउडर हालेर पिउँदा फाइदा हुनेछ ।

पालुङ्गोः यसमा भिटामिन के, आइरन र अन्य मिनरल्स प्रचुर मात्रामा पाइन्छ । पालुङ्गो खाँदा तौल र रगतमा चिनीको मात्रा नियन्त्रित हुन्छ । यसले मधुमेहको आशंकालाई घटाउँछ ।

माछाः यसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ जसले रगतमा चीनीको मात्रालाई कम गराउँछ । त्यसकारण हप्तामा एकपटक माछा खानुहोस् । मधुमेहको खतरा हट्छ ।

करेलाः यसले रगतलाई शुद्ध बनाउँछ भने रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्छ । आफ्नो खानामा करेलालाई समावेश गर्नुहोस् कि त करेलाको जुल पिउनुहोस् ।

ओट्सः हप्तामा दुईपटक नास्तामा ओट्स खानुहोस् । यसले शरिरमा ग्लुकोजको खपत बढाएर इन्सुलिनको मात्रालाई नियन्त्रणमा राख्दछ जसले मधुमेहको आशंकामा कमी ल्याइदिन्छ ।

ब्रोकलीः यसमा पाइने सल्फोराफेनले रगतमा चिनीको मात्रालाई नियन्त्रण राख्न सघाउ पुर्याउँछ ।

ओखरः ओखरमा पाइने एन्टिअक्सिडेन्टले इस्सुलिनलाई नियन्त्रण गर्दछ । दैनिक एक ओखर खाँदा मधुमेहको खतरा हट्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप