बाथबाट जोगिन प्राकृतिक उपचार
बुधबार, २९ मङ्सिर २०७३, १० : ४४
डा. दिनेशप्रसाद बराल सोहम योगा एन्ड नेचुरोप्याथी, लोकन्थली
धेरै नेपालीलाई बाथरोगले सताउने गरेको छ । यो रोगको प्राकृतिक चिकित्सा पद्धतिअनुसार पनि उपचार गर्न सकिन्छ । निश्चित सिद्धान्तमा आधारित औषधिरहित यो चिकित्सा पद्धतिमा पानी, माटो, हावा, घाम, आकाश पञ्चतत्वका माध्यमबाट उपचार गरिन्छ । प्राकृतिक चिकित्साबारे वेद तथा अन्य प्राचीन ग्रन्थहरूमा समेत उल्लेख गरिएको पाइन्छ । प्राकृतिक चिकित्सा प्रणालीले कुनै रोगको उपचार गर्दा सो रोग निको पार्नुका साथै भविष्यमा हुन सक्ने सम्भावनाबाट समेत बचाउँछ । प्राकृतिक चिकित्साले मानसिक तथा शारीरिक रूपमा लागेको रोग निवारण गर्न सहयोग पुर्याउँछ ।
कसरी लाग्छ बाथ ?
मानिसको दैनिकी, आहारविहार तथा विश्रामको सन्तुलन नमिल्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ । शरीरका विभिन्न भागमा रहेका जोर्नी दुख्ने, पोल्ने तथा सुन्निने हुन सक्छ । यसरी रोग प्रतिरोधात्मक क्षमताको कमी हुँदा शरीरमा बाथरोग लाग्न सक्छ । यस्तो समयमा शरीर चिसो भएमा दुखाइ झन् बढ्दै जाने हुन्छ । त्यसैले शरीरमा ताप पैदा गर्दै प्राकृतिक उपचार गरिन्छ ।
उपचार विधि
सुरुमा एनिमा (मलद्वार)बाट रबर क्याथेटरको सहायताले एक लिटरजति मनतातो नीम हर्बल पानी ठूलो आन्द्रा (पेट)मा पठाइन्छ । त्यसपछि केही समय सुतेकै अवस्थामा पेटलाई घडीको उल्टो दिशाबाट मसाज गरिन्छ । मसाजले पेटभित्र टाँसिएर रहेका विकार पखाल्ने काम गर्छ । सो विकार पेटको मसाजपछि दिसामार्फत बाहिर फाल्नुपर्छ । यसले आन्द्रालाई सफा बनाउँदै पहिलेकै जस्तो काम गर्ने बनाइदिन्छ । यो पद्धति बिरामीको आवश्यकताअनुसार तीन दिनभन्दा बढी दिने गरिन्छ ।
मसाज
बाथका बिरामीको जोर्नी सञ्चालन राम्रो नहुँदा शरीर दुख्ने गर्छ । त्यसैले सम्पूर्ण शरीरभरि तेल मसाज गर्दै शरीरलाई लचकदार बनाउनुपर्छ । शरीरका मसल कडा भएको हुन सक्छ । मसाजले त्यसलाई नरम वा सामान्य बनाउँछ । मसाजले रक्तसञ्चार सक्रिय बनाउँछ, जसले गर्दा नसा पनि बलियो हुन्छ ।
वास्प स्नान (स्टिम बाथ)
बाथरोगीलाई यो एकदम उपयोगी र महत्वपूर्ण विधि हो । स्टिम बाथले जोर्नीमा दुखेको कम गर्ने तथा सुन्निएको घटाउन मद्दत गर्छ । शरीरमा भएको बोसोलाई पसिनामार्फत बाहिर निकाल्छ । पसिनासँगै शरीरभित्र रहेका विकारहरू पनि फाल्ने काम गर्छ । स्टिम बाथले शरीरलाई प्राकृतिक अवस्थामा पुर्याउँछ । यसले बाथलगायत धेरै रोगलाई फाइदा गर्छ । सामान्य व्यक्तिले पनि हप्तामा एकपटक स्टिम बाथ लिँदा फाइदा नै हुन्छ । तर, स्टिम बाथ लिनुअघि चिकित्सकसँग सल्लाह भने लिनुपर्ने हुन्छ । केहीलाई यो हानिकारक पनि हुन सक्छ ।
सूक्ष्म व्यायाम
यसमा शरीरमा भएका हरेक अंग सञ्चालन गरिन्छ । बाथरोगमा जोर्नीको संक्रमण हुने हुँदा जोर्नी सञ्चालन गर्नु महत्वपूर्ण हुन्छ । यसमा खुट्टाको औँलादेखि सुरु भएर टाउकोसम्मका हरेक अंगलाई दश–दशपटक व्यायाम गरिन्छ । यस्तो व्यायामको निश्चित प्रक्रिया हुन्छ । त्यसैले प्रशिक्षकसँग सिक्नु भने जरुरी छ । यसका साथै उष्ण पादस्नान र तातो पट्टी उपचार विधि पनि गर्न सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अहिलेको ‘ले ब्लु’ इतिहासकै उत्कृष्ट टोली हो?
-
मैना सुनुवार हत्या प्रकरण मुद्दाको निर्णय सुनाउने (निसु) का लागि आज पेसी तोकियो
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण