हेयर मसाजले यसरी हुन्छ कपाल बलियो
बुधबार, २९ मङ्सिर २०७३, १० : ४९
चिसो मौसममा कपालको सुरक्षा गर्न निकै समस्या हुन्छ । जाडो धेरै बढ्दा टोपी तथा मफलर, स्कार्फले टाउको छोप्नुपर्ने बाध्यता हुन्छ । यस्तोमा कपाल कमजोर हुने सम्भावना रहन्छ । तर, सामान्य सुरक्षाका तरिका अपनाउँदा पनि कपाललाई सजिलै बलियो बनाउन सकिन्छ । कपाललाई आफ्नै घरमा बलियो तथा सुन्दर बनाउने तरिकाबारे के ३३ हेयर होटेलका प्रबन्ध निर्देशक किरण श्रेष्ठ यसो भन्छन् :
बेलुका सुत्ने वेलामा हेयर मसाज गर्नु राम्रो हुन्छ । यस्तो मसाज कम्तीमा पनि साताको एक दिन तोरीको तेल या ओलिभ आयलले गर्दा कपाल बलियो हुन्छ ।
मसाज गरेको भोलिपल्ट बिहान कपाल नुहाउनुपर्छ । कपाल नुहाउन प्रयोग गर्ने स्याम्पु तथा कन्डिसनर कपालको प्रकृतिअनुसार सधैँ एउटै ब्रान्ड रोज्नुपर्छ ।
कपालको ‘पिएच ब्यालेन्स’ कायम राख्न यसले सहयोग पुग्छ । नुहाउँदा स्याम्पु मात्र होइन, कन्डिसनरको पनि प्रयोग गर्नुपर्छ । यसले कपाल नरम, सिल्की तथा चम्किलो बनाउँछ ।
कपाललाई सकेसम्म सूर्यको किरण, धुलो तथा धुवाँबाट बचाउनुपर्छ । त्यसका लागि टोपी, सल प्रयोग गर्न सकिन्छ ।
हट हेयर ड्रायरको प्रयोग कपालमा गर्नै हुँदैन । भिजेको कपाल टावेलले निचोरेर खुला हावामा सुकाउँदा कपाल बलियो र राम्रो हुन्छ ।
तातो पानीले आफ्नो कपाल पखाल्नु तथा नुहाउनु हुँदैन । यसले कपाल कमजोर बनाएर झर्ने समस्या हुन सक्छ । सम्भव भएसम्म सुत्ने वेलामा नरम कभर भएको सिरानी प्रयोग गर्नुपर्छ ।
कपाललाई कसिलो गरी बाँध्ने बानीले पनि कपाल कमजोर बनाउन सक्छ । सम्भव भएसम्म हेयर जेल, हेयर स्प्रे प्रयोग गर्नु हुँदैन । यस्ता सामग्री प्रयोग गर्नै परे पनि १२ घन्टाभित्र कपाल पखालिहाल्नुपर्छ ।
स्वस्थ र बलियो कपाल बनाउन सन्तुलित भोजन महत्वपूर्ण हुन्छ । त्यसैले आफ्नो आहारमा माछा, मासु, दूध, दही, अन्डा, चिज, सनफ्लावर सिड, बटर, गाँजर, गोलभेँडा, माछा, हरियो सागपात, भटमास, ओखरलगायतका खानेकुरा भए राम्रो हुन्छ ।
यस्ता आहारमा प्रोटिन, भिटामिन ए, बी, सी, डी, ई, आइरन, आयोडिन पाइन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अहिलेको ‘ले ब्लु’ इतिहासकै उत्कृष्ट टोली हो?
-
मैना सुनुवार हत्या प्रकरण मुद्दाको निर्णय सुनाउने (निसु) का लागि आज पेसी तोकियो
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण