शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

गोरी हुन के प्रयोग गर्छन् जापानी ? थाहा पाउँदा अचम्मित हुनुहुनेछ

बिहीबार, ३० मङ्सिर २०७३, १६ : १०
बिहीबार, ३० मङ्सिर २०७३

जापानीहरुको रंग जन्मजात नै सफा हुन्छ । तर यति हुँदा हुँदै पनि जापानी महिला छालालाई नरम, गोरो र चम्किलो बनाउनका लागि चामलको पेष्टको प्रयोग गर्दछन् । त्यहाँ हज्जारौं वर्षदेखि चामललाई ब्यूटी ट्रिटमेन्टको लागि प्रयोग गरिँदै आएको छ ।

चामलमा पाइने एन्टिअक्सिडेन्टले छालाका साथै कपाललाई पनि स्वस्थ राख्न सहयोग गर्दछ । कसरी प्रयोग गर्ने ?

ब्यूटी एक्सपर्ट निक्की बावाका अनुसार चामललाई प्रयोग गर्नुभन्दा लगभग एक घण्टा अघि पानीमा भिजाउनुहोस् । त्यसपछि त्यसको पानी फाल्नुहोस् र यसलाई पिसेर छालामा लगाउनुहोस् । उनले चामलका सात ब्यूटि बेनिफिटबारे जानकारी दिएकी छिन् ।

चामललाई पिसेर यसमा दुघ र मह मिसाउनुहोस् । यसलाई छालामा लगाएपछि छाला चम्किलो र गोरो हुन्छ ।

चामलको पानीमा कागती र दही मिसाएर लगाउँदा कपालको चमक बढ्छ ।

चामलको माडलाई कपालको जरामा लगाएर मालिस गर्नुहोस् र आधा घण्टा पछि धुनुहोस् । यसले कपाल बढ्न सहयोग गर्दछ ।

चामलको पेष्टमा गोलेभडा पिसेर हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् र सुकेपछि धुनुहोस् । यसले छालाको रंगलाई निखार्छ ।

पानीमा भिजाएको चामललाई पिसेर यसमा एक चिम्टी बेकिङ सोडा हाल्नुहोस् । यसलाई अनुहारमा लगाउँदा रंग गोरो हुन्छ ।

चामलको पानीलाई कपासको मद्दतले अनुहारमा लगाउनुहोस् र १० मिनेछ पछि धुनुहोस् । यसो गर्नाले चाउरीपनबाट बचाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप