बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विवाहको पार्टीमा रुख ढल्दा एकको मृत्यु

आइतबार, ०३ पुस २०७३, १६ : २८
आइतबार, ०३ पुस २०७३
क्यालिफोर्निया - क्यालिर्फोनियाको विटिएर सहरमा शनिबार भइरहेको विवाह पार्टीमा एक भीषण रुख ढल्दा कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका लस एन्जेलस काउन्टी अग्नी नियन्त्रण विभागले जानकारी दिएको छ । शनिबार अपराह्नमा भएको यस घटनामा परी घाइते भएका दुई व्यक्तिको अवस्था गम्भीर भएको जनाइएको छ । अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको छ । नगर समाचार सेवाका समाचारदाताहरूका अनुसार अग्नी नियन्त्रण अधिकारीहरूले यस घटना स्थलमा कम्तीमा छ वटा एम्बुलेन्स पठाएका छन् । अग्नी नियन्त्रण सेवाका चालक दलका सदस्यहरू अझै घटनास्थलमा रहेको बताइएको छ । घटनाको विस्तृत विवरण भने तत्काल प्राप्त भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप