पवन नायक बन्दा मलेसियाबिरुद्ध नेपालको १ विकेटको जीत
काठमाडौँ – उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा मलेसियाले नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।
नेपालसामु मलेसियाले १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले उक्त लक्ष्य ४४.४ ओभरमा सफलता पूर्वक पछ्यायो ।
नेपालका लागि पवन शर्राफ नायक बने । १० औँ नम्बरका ब्याट्सम्यान उनले नटआउट रहँदै २९ रन बनाएर नेपाललाई जीत दिलाए ।
यसअघि नेपालका लागि अनिल कुमार शाहले ३२ रन तथा ओपनर अभिनास कर्णले २९ रनको योगदान दिए । यस प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका दीपेन्द्र सिंह ऐरले २२ रनको योगदान दिए ।
यसअघि, ४४.४ ओभरमा नै मलेसिया १५३ रनमा अलआउट बनेको थियो ।
मोन्डेस्क्रिप्ट खेल मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । नेपालले उत्कृष्ट शुरुवात पनि गर्यो । ३.२ ओभरभित्र ८ रनको स्थितिमा नेपालले मलेसियाको दुई विकेट झार्न सफल भयो ।
त्यसपछि आएका सैफुल्लाह मलिक र भिरानदीप सिंहले मलेसियाको स्थिति सम्हाले । दुवै मिलेर तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । मलिकलाई रनआउट गर्दै दीपेन्द्र सिंह ऐरले साझेदारी तोडे ।
एक छेउमा कप्तान सिंह टिकेर खेलेपनि मलेसियाले लगातार विकेट गुमाउँदै गयो । अदिल खानले लगातार तीन जना ब्याटसम्यानलाई पभिलियन फर्काए ।
नवौँ नम्बरमा आएका मोहमद हसिफले आक्रमक ब्याटिङ गरे । शुभंकार उराउले आउट गर्न अघि उनले १९ बलमा १ छक्का र दुई चौकाको मद्दतले २१ रन बनाए ।
मलेसियाका लागि कप्तान सिंहले सर्वाधिक ७५ रनको योगदान दिए ।
नेपालका लागि खानले ३ तथा कप्तान सन्दीप लामिछाने र ऐरले २ विकेट लिए ।
जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेलमा पहिलो जीत हो । पहिलो खेलमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण