बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बान कि मुन कोरियाको राष्ट्रपतिको उम्मेद्वार बन्ने !

आइतबार, ०३ पुस २०७३, १७ : ३६
आइतबार, ०३ पुस २०७३

दक्षिण कोरिया - संयुक्त राष्ट्रसंघको महासचिव बान कि मुनले आफू दक्षिण कोरियाको राष्ट्रपति पदका लागि उम्मेद्वारका रुपमा खडा हुनसक्ने संकेत गरेका छन् ।

यही डिसेम्बरमा राष्ट्रसंघको महासचिवको रुपमा उनको कार्यकाल सकिँदैछ । महासचिवको रुपमा अन्तिम पत्रकार सम्मेलनमा बोल्दै मुनले आफ्नो कार्यकाल अन्त्यभएपछि केही समय आराम गर्ने र त्यसपछि देशलाई सहयोग गर्नेबारे सोँच्ने बताए ।

दक्षिण कोरियामा अर्को राष्ट्रपतीय निर्वाचन डेसेम्बर २०१७ मा हुने कार्यतालिका छ ।

तर, त्यहाँको संसदले राष्ट्रपति पार्क गेउन हे विरुद्ध महाभियोग प्रस्ताव पारित गरेपछि आगामी दुई महिनाभित्र नयाँ निर्वाचन हुन सक्ने बताइएको छ ।

यदी संवैधानिक अदालतले महाभियोग प्रस्तावलाई स्वीकृत गरे उनी यसरी पदच्युत हुने पहिलो राष्ट्रपति बन्नेछिन् । त्यसको ६० दिनभित्र नयाँ निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

संवैधानिक अदालतसँग यसबारे निर्णय गर्न प्रस्ताव पारित भएको दिनदेखि १ सय ८० दिन बाँकी रहेको छ ।

यता, लगातार आठौँ हप्ता पार्कको राजीनामा माग गर्दै कोरियामा विरोध प्रदर्शन जारी रहेको छ । कोरियामा प्रदर्शन जारी रहँदा मुनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप