बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सुवारेज र मेस्सीको प्रेरणामा बार्सिलोना विजयी

सोमबार, ०४ पुस २०७३, ०६ : ०७
सोमबार, ०४ पुस २०७३

बार्सिलोना – लुइस सुवारेजले दुई गोल गरेपछि बार्सिलोनाले एस्पानियोललाई ४–१ गोलअन्तरले हराउँदै ला लिगाको दोस्रो स्थानमा उक्लेको छ ।

खेलको १८ औँ मिनेटमा गोल गर्दै सुवारेजले बार्सिलोनालाई अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा लियोनेल मेस्सीले जादुमय खेलको प्रदर्शन गर्दै दोस्रो गोलको अवसर सृजना गरे । एस्पानियोलका चार डिफेन्डरहरुलाई छलाउँदै मेस्सीले सुवारेजलाई गोलको अवसर मिलाए ।

केही मिनेटपछि त्यसरी नै डिफेन्डरहरुलाई छलाउँदै मेस्सीले डेभिड आलाबाको लागि गोलको अवसर बनाए ।

खेलको अन्त्यतिर मेस्सीले अर्को गोल थपे ।

एस्पानियोलका लागि डेभिड लोपेजले सान्तवना गोल गरे ।

जीतसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना ३ अंकले पछि रहेको छ । यद्यपि, रियलले एक खेल कम खेलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप