बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

झापामा मोटरसाइकल दुर्घटना. दुईको मृत्यु

सोमबार, ०४ पुस २०७३, ०८ : २३
सोमबार, ०४ पुस २०७३

झापा - पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेनपा–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज ल्याइए पनि उनीहरुको उपचारकै क्रममा राति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप