बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

आर्सनललाई पराजित गर्दै सिटी दोस्रो स्थानमा

सोमबार, ०४ पुस २०७३, ०८ : ५०
सोमबार, ०४ पुस २०७३

म्यान्चेस्टर – एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यान्चेस्टर सिटीले आर्सनललाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

आइतबार सिटीको घरेलु मैदानमा भएको प्रिमियर लिग अन्तरगतको खेलमा थियो वाल्कोटले आर्सनललाई खेलको पाँचौ मिनेटमा नै अग्रता दिलाएका थिए ।

तर, खेलको दोस्रो हाफको शुरुवातमा नै लेरोये शानेले डेभिड सिल्भाको पासमा खेल बराबरीमा ल्याए । खेलसकिन १९ मिनेट बाँकी छँदा राहिम स्टर्लिङले गोल गर्दै सिटीको पुनरागमन पुरा गरे ।

पिटर चेकले प्रिमियर लिगका ८ खेलमा क्लिन सिट राख्न नसकेको यो पहिलो अवसर हो ।

१७ खेलबाट सिटीको ३६ अंक रहेको छ र शीर्ष स्थानमा रहेको चेल्सीभन्दा ७ अंकले पछि रहेको छ । आसर्नल ३४ अंकसहित चौँथो स्थानमा खस्केको छ ।

उता, टोटनहम हटस्पर्सले पनि विवादास्पद बनेको खेलमा बर्नलीविरुद्ध एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गर्दै २–१ को जीत हासिल गरेको छ ।

बर्नलीलाई एस्ली बार्नले अग्रता दिलाए पनि ड्यानी रोस र डेली अलीले गोल गर्दै स्पर्सलाई तीन अंक दिलाए ।

सब्सिटिच्युड मोउसा सिसोकोले खतरनाक फल हानेबापत पहेँलो कार्डमात्र देखाइएको थियो । उनकैको पासमा रोसले विजयी गोल गरे ।

स्पर्सले यो वर्ष आफ्नो घरेलु मैदानमा १२ खेल जितेको छ । यो प्रिमियर लिगका अन्य टोलीभन्दा धेरै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप