बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

ट्यांकर र बस ठोक्किँदा १४ को मृत्यु

सोमबार, ०४ पुस २०७३, ०९ : ०३
सोमबार, ०४ पुस २०७३

काबुल – पश्चिमी अफगानिस्तानमा बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।  आइतबार भएको घटनामा कम्तिमा ४० भन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् ।

फाराह प्रान्तका गर्भनरका प्रवक्ता मोहमद नासेर मेहरीका अनुसार बस हेरातबाट काबुलतर्फ गइरहेको थियो ।

घटना कसरी भयो भन्ने अझै विवरण आएको छैन ।

‘घाइतेमध्ये एक दर्जनको अवस्था नाजुक रहेको छ,’ महेरीले भने ।

उता, दक्षिण पश्चिम प्रान्त निमरोजमा पनि बस बल्टिँदा थप चार जनाको मृत्यु भएको अफगानी अधिकारीहरुले जनाएका छन् ।

यसअघि गत मेमा दुई वटा बस र एउटा तेलको ट्यांकर ठोक्किँदा ७३ जनाको मृत्यु हुनुको साथै ५०भन्दा बढी घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप