मेरो लागि ‘उत्तम वर्ष’ : रोनाल्डो
सोमबार, ०४ पुस २०७३, ०९ : १३
योकोहामा – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१६ आफ्नो लागि ‘उत्तम वर्ष’ भएको बताएका छन् ।
क्लबका लागि ४० औँ ह्याट्रिक गर्दै क्लब विश्वकपको उपाधि दिलाएका रोनाल्डोले भने, ‘यो वर्षको सही अन्त्य गर्न हामी यो उपाधि जित्न चाहन्थ्यौँ ।’
३१ वर्षीय रोनाल्डोले अतिरिक्त समयमा दुई गोल गर्दै यस सिजन युरो २०१६ र च्याम्पियन्स लिगको उपाधिसँगै अर्को उपाधि थपे ।
गत हप्तामात्र उनले चौँथो पटक बालोन डि’ओरको उपाधि जितेका थिए ।
‘मैले यसरी यो वर्षको अन्त्य हुनेछ भन्ने कल्पना पनि गरेको थिइँन । ह्याट्रिक गरेर आफ्नो क्लबलाई जिताउने छु,’ उनले भने, ‘यसका लागि म मेरो सहकर्मीहरु पनि धन्यवाद दिन चाहन्छु । उनीहरु बिना मैले व्यक्तिगत ट्रफीहरु जित्न सक्दिँन थिएँ ।’
रोनाल्डोले यस सिजन रियलका लागि २२ खेलमा १६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण