सिकारीको गोली लागी मृत्यु
बुटवल - गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
घरदेखि करिब पाँच किलोमिटरको दूरीमा लुकीछिपी चोरी सिकारी गर्ने गाउँकै करिब १५–१६ जनाको समूह संलग्न रहेको इप्रका रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाले बताए ।
मृतकलाई गोली लागेर घाइते भएपछि उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताउनुभयो । घटनामा संलग्न रहेको अनुमानमा केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए ।
पक्राउ परेका व्यक्तिको प्रारम्भिक बयानका आधारमा मृतक ढुङ्गामा अल्झिएर लडेपछि आफैँले बोकेको हतियार पड्केर लागेको प्रहरी निरीक्षक रानाले बताए ।
घटनास्थल गाउँबाट टाढा रहेको र सवारीसमेत पुग्न नसक्ने भएकाले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण