सभामुखसहित तीन दलको बैठक : सत्तारुढ दलको प्रस्ताव एमालेद्वारा अस्वीकार
काठमाडौं–सत्तारुढ दलले निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउने प्रस्ताव गरेको छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले त्यसलाई सिधै अस्विकार गरिदिएको छ ।
[caption id="attachment_47248" align="alignright" width="840"] file photo[/caption]सभामुख ओनसरी घर्तीको पहलमा सोमबार संसद सचिवालयमा भएको सत्तारुढ र प्रतिपक्षी दलको बैठकमा सत्तारुढ दलको तर्फबाट प्रधानमन्त्री प्रचण्डले निर्वाचन र संविधान संशोधन प्रस्ताव सँगै लगिने भन्दै संसदमा अवरोध नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । तर ओलीले निर्वाचनको ‘फुर्को’ जोडेर संशोधन प्रस्ताव पारित हुन नसक्ने जवाफ दिएका थिए । बैठकमा एमालेले कुनै पनि हालतमा संशोधन प्रस्तावलाई आफ्नो पार्टीले समर्थन गर्न नसक्ने अडान लिएपछि बैठक विनानिश्कर्ष सकिएको छ । बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले प्रस्ताव पास गर्नेमा एमालेको समर्थन हुने बताउँदै भने, ‘सत्तारुढ दलले निर्वाचन र संशोधन प्रस्ताव सँगसँगै लैजाने प्रस्ताव गरेको छ । तर, यसमा हाम्रो सहमति हुन सक्दैन । निर्वाचनको फुर्को जोडेर संशोधन प्रस्ताव पारित गर्न दिने पक्षमा हामी छैनौं ।’
उनले आजको संसद बैठक अवरुद्ध पारिने भन्दै सरकार जसरी प्रस्तुत हुन्छ आफूहरु पनि त्यही अनरुप प्रस्तुत हुने बताए । एमालेले संशोधन प्रस्तावको विरुद्ध ८ दलको मोर्चाबन्दी समेत गरेको छ । ८ दलले संशोधन प्रस्तावको विरोधमा पुस १७ गते राजधानीमा बृहत आमसभा गर्ने समेत निर्णय गरिसकेको छ । यसैबीच सभामुखसहितको तीन दलको बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले संसदको गतिरोध हटाउने विषयमा नेताहरुबीच छलफल भएको बताए । तर, एमालेले अडान नछाड्दा सहमति हुन नसकेको भन्दै पौडेलले सहमति खोज्न यस्तै माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रतिपक्षले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेपनि आफुहरुले त्यसलाई अस्वीकार गरेको भन्दै आजको बैठकबाट संशोधन प्रस्ताव अघि बढाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण