विद्युत् चोरी गर्ने ३३ जना पक्राउ
सोमबार, ०४ पुस २०७३, १६ : ४४
वीरगन्ज - नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको उदयपुर घुर्मी, कुमठी र जगन्नाथपुरमा विद्युत् चोरी गरी बत्ती बाल्ने ३३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय श्रीपुरमा पठाइएको प्राधिकरण प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए ।
प्राधिकरणका कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले एउटा स्टेबिलाइजर पनि बरामद गरेको छ । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् चुहावट रोक्न प्राधिकरणले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण