बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अधिकारीद्वारा तीन करोड ५० लाखका ४७ योजना सार्वजनिक

सोमबार, ०४ पुस २०७३, १६ : ५२
सोमबार, ०४ पुस २०७३

पोखरा - व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत रु तीन करोड ५० लाखको ४७ वटा योजना आज यहाँ सार्वजनिक गरेका छन् ।

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद अधिकारीले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा विगतका कार्यक्रमको समीक्षा र आव २०७३/७४ विकास कोषको योजना एवम् विनियोजित रकम सार्वजनिक गरेका हुन् ।

सार्वजनिक योजनामध्ये निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु तीन करोड रकममध्ये फेवाताल संरक्षणका लागि रु ५० हजार छुट्याएको जानकारी दिँदै उनले पोखरा उपमहानगरपालिकाबाट रु ५० हजार र विभिन्न सङ्घसंस्थाबाट रु ५० हजार गरी कुल रु एक करोड ५० लाखको लागतमा जलकुम्भी झार व्यवस्थापनका लागि आधुनिक उपकरण खरिद गर्ने जानकारी दिए ।

त्यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कास्की र स्याङ्जा जिल्लाको सिमानास्थित साल्मे डाँडामा गोर्खा भूतपूर्व सैनिकद्वारा निर्माणाधीन गोर्खा स्मारकका लागि रु १० लाख विनियोजन गरिएको छ ।

क्षेत्रगत रुपमा विभिन्न चरणमा छलफल एवम् प्राविधिक सहयोग र विवादरहित उपभोक्ता समितिका आधारमा योजना छनोट गरिएको बताउँदै उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा २५ वटा र क्षेत्र विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना रहेका छन् भने ।

यसैगरी नगरपालिकामा थप भएका वडालाई प्राथमिकता दिइएको, सडक नाला निर्माण १३ वटा योजनाका लागि रु एक करोड ३७ लाख, खानेपानीतर्पm पाँच योजनाका लागि रु ५० लाख र छवटा भवन निर्माणका लागि रु ६३ लाख विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप