भोजपुरका अग्निपीडितलाई चार लाख राहत
सोमबार, ०४ पुस २०७३, १७ : १२
भोजपुर - यहाँका अग्निपीडितलाई ‘भोजपुर–सुनसरी सेवा समाज’ले आज राहत वितरण गरेको छ ।
समाजका अध्यक्षसहितको एक टोलीले सदरमुकाम भोजपुरस्थित आगलागी भएको स्थानमा आएर जिल्ला दैवी प्रकोपले तयार पारेको मापदण्डअनुसार अग्निपीडितलाई रु चार लाख १२ हजार ४०० नगद वितरण गरेको हो ।
‘सम्पूर्ण भोजपुरे एकजुट होऔँ पुख्र्यौली थलोको माया र सद्भावका लागि केही गरौँ’ भन्ने मूल नारा लिएर सो समाजले सङ्कलन गरेको रकम आज वितरण गरिएको समाजका सचिव रेवतीरमण राईले जानकारी दिए ।
राहत पाएपछि अग्निपीडितले आफूहरुलाई पुनःनिर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । समाजले यसअघि मिर्गौलापीडित र भूकम्पपीडितलाई समेत सहयोग गरेको थियो । भोजपुरको सदरमुकाममा गत मङ्सिर ५ गते भीषण आगलागी हुँदा आठ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण