करुणको किर्तिमानी तेहोरो शतक, भारतको विशाल स्कोर
चेन्नाई – करुण नायरले पहिलो तेहोरो शतक बनाउँदा भारतले इंग्ल्याण्डविरुद्ध विशाल स्कोर खडा गरेको छ ।
भारतले ७ विकेटको क्षतिमा ७५९ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको हो । भारतले टेस्ट इतिहासमा बनाएको सबैभन्दा ठूलो स्कोर हो । यसअघि भारतले सन् २००९ मा श्रीलंकाविरुद्ध मुम्बाईमा ९ विकेटको क्षतिमा ७२६ रन बनाएको थियो ।
नायर आफ्नो डेब्यु शतकलाई नै तेहोरो शतकमा परिणत गर्ने क्रिकेट इतिहासमा तेस्रो तथा भारतका लागि पहिलो ब्याट्सम्यान बनेका छन् । उनले नटआउट रहँदै ३ सय ३ रन बनाए । यसक्रममा उनले ३८१ बलको सामना गर्दै ३२ चौका र ४ छक्का हिर्काए ।
भारतका लागि नम्बर ५ वा सोभन्दा तलको ब्याट्सम्यानले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । यसअघि महेन्द्रसिंह धोनीले सन् २०१३ मा चेन्नाईमा नै अस्ट्रेलियाबिरुद्ध २२४ रन बनाएका थिए ।
भारतका लागि ओपनर लोकेस राहुल भने अभागी साबित हुँदै दोहोरो शतकबाट मात्र एक रनले चुक्दै १ सय ९९ रनमा आउट भएका थिए ।
त्यस्तै ओपनर पार्थिभ पटेलले ७१ तथा रवीचन्द्र आश्विनले ६७ रन बनाए । रविन्द्र जडेजाले आक्रामक पारी खेल्दै ५१ रन बनाए ।
इंग्ल्याण्डका लागि स्टुवार्ड बोर्ड र लियाम डसनले २–२ विकेट लिए ।
इंग्ल्याण्डले पहिलो इनिङमा ४७७ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण