बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

देशमा गृहयुद्ध हुन सक्छ : अभिषेकप्रताप शाह (भिडियो अन्तर्वार्ता)

सोमबार, ०४ पुस २०७३, १२ : २३
सोमबार, ०४ पुस २०७३

काठमाडौँ – संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेकप्रताप शाहले देशमा गृहयुद्ध हुन सक्ने चेतावनी दिएका छन् । सोमवार रातोपाटीसँगको कुराकानीमा उनले मधेशको माग सम्बोधन नगरी जर्वजस्ती चुनावमा गए गृहयुद्ध हुन सक्ने बताए ।

उनले अन्तर्वार्तामा भनेका विषयका मुख्य–मुख्य बुँदा यस्ता छन् । मधेशका मागवारे –नेपालमा राजतन्त्रको नौलो अभ्यास भएको छ । –केन्द्रीकृत मानसिकता कायमै छ । –हाम्रै पार्टीको निर्णय हो, आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेश प्रदेश । –मैले आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेश प्रदेश माग गरेको हुँ । –नेवाः एउटा राष्ट्र हो, मधेशी एउटा राष्ट्र हो । –मैले त्यही राष्ट्र माग गरेको हुँ । –यो नश्लवादी सविधान हो, यसलाई ७८ प्रतिशत जनताले अस्वीकार गरेका छन् । –मैले फेसबुकमा लेखेका कुरालाई मान्छेले आ–आफ्नै तरिकाले ब्याख्या गरे । –मेरो पार्टीले पनि गलत बुझेको छ । –नेपालबाट मधेश अलग हुनै सक्दैन । –अधिकारका लागि अब आरपारको आन्दोलन हुनुपर्छ । –मेरो फेसबुक स्टाटसले मधेश आन्दोलन कमजोर हुँदैन । –मैले युवाहरुको भावना लेखेको हुँ । –युवाहरु निकै फ्रस्टेड छन् । –हामीसँग राज्यले सौताको जस्तो व्यवहार गरेको छ । –नयाँ कोर्सको पोल्टिक्स गर्नुपर्छ । भारतवारे –नेपालको पोल्टिक्समा भारतलाई माइनस गर्न सकिदैन् । –हाम्रो अनुसहार विहार र उत्तर प्रदेशका जनतासँग मिल्छ, यसका मतलब हामी भारतीय होइन् । –यो देशका सबै नेता भारत जान्छन्, मधेशी गयो त के भयो ? –मधेशीमाथि शंका उपशंका गर्नु गलत हो । सविधान संशोधनवारे –पहिलो कुरा त सविधान संशोधनको अवश्यकता किन पर्यो त्यो बुझ्नु आवश्यक छ । –पहिलो सविधानसभामा मधेशी मोर्चाका नेताहरु सत्ता लिप्सामा जानु भयो । –मधेशीलाई सत्ता नै चाहिन्छ भने कुरा माइन्डसेट भएको थियो । –सविधान संशोधन किन चाहिन्छ भनेर भ्रम फैलाईएको छ । –मधेशमा नयाँ–नयाँ एक्सिपरिमेन्टका कारण मधेशको मुद्दा कमजोर भएको छ । –ज्ञानेन्द्रको पालामा जस्तो चुनावको आवश्यकता छैन । –सविधान कार्यान्वयनका लागि चुनाव आवश्यक छ । तर संशोधन भएपछि मात्र यो हुन्छ । –सविधान संशोधन अर्थपूर्ण हुनुपर्छ । –सविधानले पूर्णता पाएन भने यो देशमा कुनैपनि चुनावको अर्थ छैन । भिडियोमा सुन्नुहोस्, पूर्ण अन्तर्वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप