रसियामा विषाक्त मदिरा पिउँदा ४८ जनाको मृत्यु
रसिया - रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि ४८ जनाको मृत्यु भएको पुष्टि भएपछि इरकुस्कमा सोमबार आपतकाल घोषणा गरिएको छ ।
स्थानीय अधिकारीले इरकुृस्कमा आपतकालीन अवस्था घोषणागरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रूपमा लिइने ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् भने रसियाली सुरक्षा अनुसन्धान संस्थाले घटनाको छानबिन सुरु गरेको छ ।
स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले घटनालाई ‘हृदयबिदारक दुःखद घटना’ भन्दै यसबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताए ।
इरकुस्कको क्षेत्रीय प्रशासनले जनाएअनुसार मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएको र यो वाथलोसन पिएका कारण भएको जनाएको छ । अस्पतालमा अझै १५ जना सोही कारण गम्भीर अवस्थामा उपचारारत् भएको जनाइएको छ । लोसनको बोटलमा स्पष्ट उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने सङ्केत भए पनि यहाँका स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ ।
रसियाली प्रधानमन्त्री दिमित्री मादवेदेवले मन्त्री परिषद् बैठकमा उक्त पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने बताएका छन् ।
प्रधानमन्त्री मालवेदेवले तत्कालैे टेलिभिजन सम्बोधनमार्फत मदिराको प्रयोजनका लागि वाथलोसनको बिक्री हुनु घृणित कार्यभएको बताउँदै यसलाई अन्त्य गर्न आवश्यक कदम चाल्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण