बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘बदला लिन’ रसियाली राजदूतको टर्किस प्रहरी जवानद्वारा हत्या

मङ्गलबार, ०५ पुस २०७३, ०९ : ५४
मङ्गलबार, ०५ पुस २०७३

अनकारा – टर्कीका लागि रसियाली राजदूतको गोली हानी हत्या गरिएको छ । राजधानी अनकाराको एक आर्ट ग्यालरीमा भएको गोलीकाण्डमा ६२ वर्षीय राजदूत आन्द्रिय कार्लोभको निधन भएको छ ।

गोली प्रहार गर्ने व्यक्ति टर्की प्रहरीको जवान रहेको सिरियामा जारी द्वन्द्वको बदला लिन गोली प्रहार गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । गोली प्रहार गर्ने व्यक्ति २२ वर्षीय मेभलुट मेर्ट अल्टिन्टास रहेको र उनी अन्काराको दंगा प्रहरीको सदस्य रहेको बताइएको छ ।

टाई–सुट लगाएर आएका मेभलुटले ‘आल्लाह हु अक्बर’ भन्दै ‘हामी अलेप्पोमा मारिन्छौँ, तिमीहरु यहाँ मर्छौँ’ भन्दै केही राउण्ड गोली राजदूतमाथि प्रहार गरेका थिए ।

त्यसपछि उनले ग्यालरीमा उपस्थितहरुमाथि पनि गोली प्रहार गरेका थिए । यसमा तीन जना घाइते भएका छन् ।

१५ मिनेट पछि प्रहरी कारवाही मेभलुट पनि मारिएका थिए ।

उनी गत जुलाईमा टर्कीमा भएको असफल कू को समर्थक रहेको अनुमान गरिएको छ ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले यो आक्रमण टर्की र रसियाको सम्बन्ध बिगार्न र सिरियाको शान्ति प्रक्रिया भंग गर्न लक्षित भएको बताए । उनले गोलीकाण्डको ‘मास्टरमाइन्ड’ पत्ता लगाइछाड्ने वाचा समेत गरे ।

केही दिन अघि टर्कीमा सिरियामा रसियाको संलग्ताको विरोधमा प्रदर्शन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप