दुई रिपब्लिकनले ‘धोका दिए’ पनि ट्रम्प औपचारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा विजयी
वासिङटन – अमेरिकाको इलेक्टोरल कलेजले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४५ औँ राष्ट्रपतिको रुपमा औपचारिकरुपमा विजयी गराएको छ । मतगणनामा विजयी भएपछि रिपब्लिकन पार्टीका उम्मेद्वारले राष्ट्रपति पदमा विजयी हुन आवश्यक २७० इलेक्टोरल कलेजको भोट हासिल गरेका हुन् ।
जीतपछि प्रतिक्रिया दिँदै ट्रम्पले सबै अमेरिकीको राष्ट्रपति बन्न र देशलाई एकताबद्ध तुल्याउन कडा मिहिनेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि इलेक्टोरल कलेजका विजेताहरुलाई ट्रम्पलाई नजिताउन इमेल र फोनको बाढी आएको थियो ।
यो प्रक्रिया औपचारिकताका लागि मात्र भए पनि रसियन ह्याकरहरुले राष्ट्रपति निर्वाचनमा प्रभाव पारेको समाचार आएपछि निर्वाचन निकै विवादीत बनेको थियो ।
रिपब्लिकन पार्टीकै दुई इलेक्टोरहरुले ट्रम्पको विपक्षमा मतदान गरेका थिए । तर टेक्सासले उनको समर्थनमा मतदान गरेपछि उनले आवश्यक मत हासिल गरे ।
न्युयोर्क टाइम्सका अनुसार डेमोक्र्याटिक पार्टीबाट पनि चार जनाले हिलारी क्लिन्टनको साटो अन्य उम्मेद्वारलाई भोट गरेको उल्लेख गरेको छ ।
यसको मत परिणाम आधिकारिकरुपमा ६ जनवरीमा कंग्रेसको संयुक्त सेसनमा सुनाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण