बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तिवारी हत्याको छानबिन समिति गठन गर्न माग, युवा सङ्घले देशभरि चक्काजाम गर्ने

मङ्गलबार, ०५ पुस २०७३, १० : ४६
मङ्गलबार, ०५ पुस २०७३

काठमाडौँ - युवा सङ्घ नेपालले सोमबार रुपन्देही सङ्घका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

सङ्घले आज बिहान पत्रकार सम्मेलन गर्दै सङ्घका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी सत्यतथ्य जानकारी बाहिर ल्याई दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

उनले हत्या राष्ट्रिय अखण्डतालाई कमजोर बनाउन गरिएको तथा प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई निस्तेज पार्न तिवारीको हत्या गरिएको भन्दै सरकारले तुरुन्तै छानबिन गर्नुपर्ने बताए।

उनले सरकारले आज सरकारले छानबिन समिति गठन नगरे भोलिबाट नेपाल बन्दजस्ता कार्यक्रम गर्ने चेतावनी दिए । पत्रकार सम्मेलनमा आज हत्याको विरोधमा दिउँसो देशभरि चक्काजाम गर्ने अध्यक्ष पहारीले जानकारी गराए ।

यसैगरी सङ्घले पनि छुट्टै छानबिन समिति गठन गरेको छ । सङ्घका महासचिव किरण पौडेलको संंयोजकत्वमा सचिवद्वय नरेश शाही र अशोक चन्द सदस्य भएको समिति गठन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप