पचास परिवार मुक्तकमैया पुनःस्थापित
कैलाली - सरकारको अनुदान रकमबाट जग्गा खरिद गरेर ५० परिवार मुक्तकमैयालाई पुनःस्थापना गरिएको छ ।
जिल्लामा विभिन्न क्षेत्रमा बस्दै आएका मुक्तकमैया परिवारलाई जग्गा खरिद, घर निर्माण र काठका लागि प्रतिपरिवार रु तीन लाख ५५ हजार उपलब्ध गराएर पुनःस्थापना गराइएको मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य तथा भूमि सुधार अधिकारी लक्ष्मणबहादुर कठायतले बताए ।
सहज रुपमा ऐलानी जग्गा प्राप्त हुन नसक्नु लगायत कारण १६ वर्षअघि पुनःस्थापनाको काम अझै व्यवस्था हुन नसकेको कठायतले जानकारी दिए । जिल्लामा कमैयाको पहिचान भएका आठ हजार नौ सय १० परिवारमध्ये झन्डै सात हजार पाँच सय परिवारलाई पुनःस्थापना गराइसकिएको छ ।
यस वर्ष जिल्लामा एक हजार तीन सय मुक्तकमैया परिवारको पुनःस्थापना गर्ने प्रयोजनका लागि भन्डै रु ३७ करोड निकासा भएको भूमिसुधार कार्यालय कैलालीले जनाएको छ । कैलाली जिल्लामा एक हजार २९ मुक्तकमैया अझै पुनःस्थापना हुन बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण