बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मुसहर शौचालयविहीन

मङ्गलबार, ०५ पुस २०७३, ०८ : ०९
मङ्गलबार, ०५ पुस २०७३

मोरङ - पुरानो सदरमुकाम रङ्गेली नगरपालिकाको एउटा मुसहर गाउँका कसैका घरमा पनि शौचालय छैन ।

नगरपालिका स्थापना भएको तीन वर्ष बितिसक्दा पनि रङ्गेली – ९ स्थित भङ्गिटोलमा शौचालयका लागि कुनै पहल नगरिएको स्थानीयवासीको गुनासो छ । सो गाउँमा मुसहर समुदायका एक सय ११ परिवार बस्दै आएका छन् । उनीहरुको बसोवासका लागि २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा प्लानको सहयोगमा ५८ घर निर्माण गरिएको थियो ।

ती परिवार अहिले पनि प्लानले बनाएको घरमा बस्दै आएका छन् । अतिविपन्न वर्गका मुसहर समुदाय सोझा र इमान्दार मानिन्छन् । कुनै संस्थाले शौचालय निर्माण नगरेपछि आफूहरु शौचका लागि नजिकैको घागी खोला जाने गरेको मानिकचन्द्र ऋषिदेवले बताए।

नगरपालिकालाई पटक पटक आग्रह गरिए पनि त्यहाँका कर्मचारीले प्लानले बनाएको घरमा प्लानले नै शौचालय बनाउँछ भन्दै आफूहरुलाई फर्काउने गरेको उनको गुनासो छ । शौचालय नभएपछि महिला र पुरुषलाई शौच गर्नसमेत समस्या छ ।

शौचालय नहुँदा सरसफाइमा समेत समस्या हुने गरेको विशेश्वर ऋषिदेवको भनाइ छ । यसरी जथाभाबी शौच गर्दा रोग फैलन सक्ने भएकाले चाँडै शौचालय निर्माण गर्न उनीहरुले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप