कारागारबाटै लक्ष्मण थारुद्वारा गच्छदारको पार्टीबाट राजीनामा
बुधबार, ०६ पुस २०७३, १२ : १०
धनगढी - कैलाली कारागारमा रहेका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले कारागारबाटै पार्टीको सदस्यता त्यागेका छन् ।
आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै वास्ता नगरेकाले पार्टीको सदस्यबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने मनसाय राखेको थारुले बताए ।
पार्टीको सदस्यता त्याग गरेकोसम्बन्धी जानकारी फ्याक्समार्फत सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पठाइएको छ । स्वतन्त्र जीवनयापन गर्दा कानुनी उपचारका साथै अनुसन्धान एवम् छानबिन गर्न सजिलो समेत हुने भएकाले समेत पार्टीको सदस्यता त्यागेको थारुले बताए ।
झन्डै १७ महिना अघि कैलालीको टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान जानेगरी भएको घटनाको आरोपमा पक्राउ परेका लक्ष्मण थारुसहित २५ जना कैलाली कारागारमा जेल जीवन बिताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण