रियल छाडेर कहाँ जालान् जेम्स ?
म्याड्रिड – अब कहाँ जालान् जेम्स रोड्रिग्वेज ? रियल म्याड्रिडले क्लब विश्वकप जितेपछि कोलम्बियाका प्लेमेकरले आफ्नो भविष्य स्यान्टियागो बर्नेबाउभन्दा टाढा रहेको बताएपछि यो जनवारीमा नभए पनि आगामी ट्रान्सफर विन्डोमा उनी रियल छाड्ने सम्भावना बलियो बनेको छ ।
‘म रियलमा नै रहनेछु भनेर यकिनका साथ भन्न सक्दिँन,’ २५ वर्षीय रोड्रिग्वेजले भने, ‘मलाई विभिन्न क्लबबाट अफरहरु आएका छन् र मसँग योबारे सोँच्न सात दिन रहेको छ । म रियलमा खुसी नै छु, तर, म अझै धेरै खेल्न चाहन्छु । फाइनलमा खेल्न नपाएकोमा मलाई तितो लागिरहेको छ । तैपनि उपाधिका लागि म खुसी छु । यो मेरो करियरको १५ औँ उपाधि हो ।’
गोल डटकमका अनुसार यी क्लबहरु जेम्सको सम्भावित गन्तव्य हुनसक्छन् :
१. चेल्सी : चेल्सीले लामो समयदेखि रोड्रिग्वेजको अवस्था नियाली रहेको छ । कोलम्बियाली मिडियाका अनुसार उनले हालै मात्र बेलायतका लागि भिसाको आवदेन दिएका छन् । यो सत्य हो भने उनको अर्को गन्तव्य प्रिमियर लिग हुनसक्छ ।
ओस्कर चीन जाने र एन्टिनियो कोन्टेले सिसेक फाब्रिगासको भविष्य पनि सुनिश्चित नगर्दा चेल्सीलाई एउटा क्रिएटिभ मिफिल्डरको आवश्यकता रहेको छ । त्यसैले चेल्सीले उनलाई किन्न रियललाई अफर गर्न सक्छ । यद्यपि, रियलले भने ट्रान्सफरमा प्रतिबन्ध नखुलेसम्म उनलाई तत्काल जान नदिन सक्छ ।
२. इन्टर : इटालियन क्लब इन्टर मिलानले पनि जेम्सलाई किन्न चाहेको छ । इन्टरको चिनियाँ मालिकले जेम्स उनीहरुको प्र्रोजेक्टको ठूलो हिस्सा हुनसक्ने विश्वास गरेका छन् । सम्भवतः सन् २०१८ मा डिएगो सिमिओनी पनि त्यहाँ आउने छन् । तर, फिफाको आर्थिक फेयर प्लेको नियम मान्न इन्टरले जेम्सलाई किन्न केही खेलाडीहरुलाई बेच्नुपर्ने हुन्छ ।
म्यान्चेस्टर युनाइटेड : यस सिजन सुस्त सुरुवात गरेको युनाइटेडका लागि पनि जेम्स उपयुक्त खेलाडी हुनसक्छन् । प्रशिक्षक मोरिन्हो र जेम्सका एजेन्ट जर्ज मेन्डेजको राम्रो सम्बन्ध रहेको कारण उनले यसलाई आफ्नो पक्षमा पार्न सक्छन् । त्यसमाथि युनाइटेडजस्तै जेम्स पनि एडिडाजको क्लाइनट भएको कारण पनि उनी युनाइटेड आउन सक्ने सम्भावना प्रबल छ ।
पेरिस सेन्ट जर्मेन : ज्लाटान इब्राहिमोविचले छाडेपछि पीएसजीसँग स्टार पावर छैन । एक्लो स्ट्राइकर एडिसन कभानीलाई सहयोग गर्न र टोलीलाई थप बलियो बनाउन विश्वकै उत्कृष्ट प्लेमेकेरमा गनिने जेम्स उपयुक्त पात्र हुनसक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
कसरी बदलियो ५० वर्षमा शीर्ष फुटबल खेलाडीहरूको शरीर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण