जलउत्पन्न प्रकोप व्यवस्थापन गर्न छ करोड
चितवन - बाढी र पहिरो प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन गर्न नेपाल ग्रामीण पुनःनिर्माण संस्था आरआरएनमार्फत रु छ करोडको परियोजना सुरु भएको छ ।
विपद् व्यवस्थापनअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन परियोजना सुरु भएको हो । जिल्लाको दक्षिण माडी नगरपालिका र पूर्व लोथर गाविसमा कार्यक्रम सुरु भएको परियोजनाका जिल्ला संयोजक रवीन्द्र सिंहले जानकारी दिए ।
परियोजनाअन्तर्गत माडी नगरपालिकामा स्पर, तटबन्धन, वृक्षरोपण गर्ने र लोथरमा पहिरो प्रभावित क्षेत्रमा सुरक्षा पर्खाल निर्माणलगायत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै समुदायमा आधारित विपद् व्यवस्थापन समितिको सशक्तीकरणलगायत भौतिक संरचना निर्माण, विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण, स्थानीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, भूकम्प प्रतिरोधी भवन आचारसंहितासम्बन्धी जानकारी दिइने लक्ष्य रहेको जनाइएको छ ।
जिल्लाका पहाडी आठ गाविस र दक्षिण माडी जल उत्पन्न प्रकोपका दृष्टिले उच्च जोखिममा छ । माडीमा बर्सेनि बाढीका कारण धनजनको क्षति हुँदै आएको छ । पहाडी गाविसमा पहिरो र बाढीले मानिस जोखिममा छन् ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भट्टले चितवन जल उत्पन्न प्रकोपका हिसाबले उच्च जोखिममा रहेकाले सो परियोजना समयसापेक्ष रहेको बताए । काम गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको गाइड लाइनअनुसार गर्न सुझाव दिँदै उनले यससँग सम्बन्धित अन्य सङ्घसंस्थासँग समन्वय गरेमा अझै प्रभावकारी हुने बताए ।
स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्न आएको संस्थाको कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यसलाई पारदर्शी रुपमा सञ्चालन गर्न आग्रह गरे । आरआरएनका कार्यकारी निर्देशक ज्ञानबहादुर अधिकारीले सरकारी निकायसँगको समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
कसरी बदलियो ५० वर्षमा शीर्ष फुटबल खेलाडीहरूको शरीर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण