पूर्व सहसचिवद्वारा विद्यालयलाई १० लाखको जग्गादान
गौशाला - स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा गरिबदास ठाकुरले आज महोत्तरी जिल्लाको धीरापुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई रु १० लाख मूल्य बराबरको जग्गादान गरेका छन् ।
विद्यालयमा भवन तथा खेल मैदानको लागि जग्गा अभाव रहेको बेला विद्यालय प्रशासनको आग्रहमा डा ठाकुरले सो विद्यालयलाई चार कट्ठा जग्गादान गरेको स्थानीय रामलोचन ठाकुरले बताए ।
सो जग्गामा विद्यालय प्रशासनले केही दिनभित्रै भवन निर्माण गर्ने तथा बाँकी जग्गा खेल मैदानमा प्रयोग गर्ने जनाएको छ ।
हालसालै स्वास्थ्य मन्त्रालयको सहसचिवबाट अवकाश प्राप्त गर्नुभएका डा ठाकुरले आफ्नो जन्मभूमि एवम् पैतृक गाउँको जमिन विद्यालयलाई प्रदान गरेर सेवा गर्न पाउँदा निक्कै खुसी लागेको बताए ।
एक महिनापछि गाविस कार्यालयको तालाबन्दी खोलियो
सचिव सरुवा रोक्काको माग गर्दै महोत्तरी जिल्लाको महदैया तपनपुर गाविसको कार्यालयमा विगत एक महिनादेखि गरिएको तालाबन्दी आज बिहान खोलिएको छ ।
सो गाविसका सचिव रामएकवाल यादवलाई सरुवा गरेपछि स्थानीय राजनीतिक दलसहित सर्वसाधारणले मङ्सिर ६ गते सचिव सरुवा रोक्काको माग गर्दै गाविसमा तालाबन्दी गरेका थिए ।
आज एक महिनापछि पुनः सोही सचिवले गाविसको कामकाज गर्न आउँदा सर्वदलीय संयन्त्रसहित सर्वसाधारणले सचिवको स्वागत सहित गाविस कार्यालयमा लगाएको ताल्चा खोलेर कामकाज सुचारु गराएको राप्रपा नेता हेमशङ्कर यादवले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
कसरी बदलियो ५० वर्षमा शीर्ष फुटबल खेलाडीहरूको शरीर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण