अधिकारकर्मीहरुले भने– ‘महिला हिंसा अन्त्यको नाममा पुरुष हिंसा बढ्यो’
पोखरा - पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढी भएको एक कार्यक्रमका वक्ताले गुनासो गरेका छन् । जुरी नेपाल नामक संस्थाद्वारा विहीवार पोखरामा आयोजित लैंगिक हिंसा अन्त्यका लागि सामाजिक भूमिका विषयक छलफल कार्यक्रमका वक्ताले सो गुनासो गरेका हुन् ।
महिला विना पुरुष र पुरुष विनाको महिलाले संस्कार र रीति चल्दैन त्यसैले समाजमा उनीहरुलाई समान हिसावले हेर्न जरुरी छ उनीहरुले भने । पछिल्लो सयममा महिला हिंसा अन्त्यका नाममा भएका कार्यक्रममा डलरवाला संस्थाले केही महिलाहरु भेला गर्ने र पितृसत्तात्मक सोच भन्दै पुरुषलाई गाली गरेर घर फर्किने गरेको उनीहरुले बताए । घरमा पुगेपछि ती श्रीमतीले श्रीमान्सँग अधिकार माग्ने र यसअघि मिलेर वसेका श्रीमान् श्रीमती झन् भाँडिएर विछोड भएको उनीहरुले तर्क गरे ।
कार्यक्रममा वोल्दै अधिकारकर्मी माया गुरुङले हामीले महिला हिंसा भन्दा भन्दै पुरुष हिंसा भएको ख्याल गरेनौं भन्दा सभाहलमा ताली वजेको थियो ।
महिलाहरु हिंसामा परेको कुरा व्यक्त गर्छिन् तर पुरुषहरु हिंसामा परेको कुरा व्यक्त नगरिकन समाजमा हिड्छन् त्यो पीडा कसले वुझ्छ उनले भनिन् । अव लैंगिक हिंसाका कुरा गर्दा महिला पुरुष दुवैका कुरा समेट्नु पर्ने उनले वताईन् ।
सो अवसरमा वोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले अव महिला हिंसाका कुरा गरेर घर परिवार भाँड्ने काम गर्नु भन्दा महिला पुरुष दुवैको समान सहभागिता हुने खालका कार्यक्रम एनजीओ आईएनजीओले ल्याउनु पर्ने बताए ।
उनले पनि समाजमा पुरुषको व्यथा कहाली लाग्दो भएको गुनासो गरे । विहे गरेपछि महिलालाई पुरुषले नै पाल्नु पर्छ भन्ने वाध्यताले पुरुषहरु विदेशका काल कोठरीमा पुगेको र यहाँ घरका श्रीमतीले सम्पत्ति लिएर भागेका कुरालाई पनि लैंगिक हिंसाका कुरा गर्दा नजरअन्दाज गर्न नहुने उनले वताए ।
उनले एजेन्सीले पैसा दिने समयसम्म महिला हिंसा भनेर घर उचाल्ने र त्यसपछि चटक्कै छोडेर घर परिवार विचल्ली पार्ने अधिकार कसैलाई नभएको वताए ।
जुरी नेपालका अध्यक्ष राजु चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा महिला वालवालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसी, अधिवक्ताद्वय भुवन पराजुली, कल्पना भण्डारी र संस्थाका उपाध्यक्ष भीम परियार लगायतले आ आफ्ना भनाई राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलमा भाँडभैलो, पार्टी भन्दा विवाद ठुलो
-
बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
-
सुदूरपश्चिममा ११ महिनामा जम्मा २८.९७ प्रतिशतमात्रै पुँजीगत खर्च
-
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
कसरी बदलियो ५० वर्षमा शीर्ष फुटबल खेलाडीहरूको शरीर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण