कम खाँदा पनि बढ्छ तौल, थाहा पाउनुस् यस्ता १० अचम्मका तथ्य
धेरै खाँदा, उच्च क्यालोरीयुक्त खानेकुरा खाँदा र सक्रिय नरहँदा मोटोपना बढ्ने त हामी सबैलाई थाहा छ तर तौल बढ्ने यी कारणबाट जोगिँदा पनि लगातार तौल बढिरहेको हुन्छ । युनिभर्सिटी अफ राचेस्टर मेडिकल सेन्टर, न्यूयोर्कका विशेषज्ञका अनुसार यदि तौल घटाउने विभिन्न कोसिसपश्चात् पनि केहि फाइदा भएको छैन भने तपाईंको मोटोपनाको कारण अन्य केही हुन सक्छ । यदि यी कारणबारे थाहा भए हामीले सजिलै तौल घटाउन सक्छौं । डा. तोषी व्यास कोरान्नेले यस्तै १० कारणबारे जानकारी दिँदैछिन् ।
कम खानुः
खाना कम गर्दा शरिरको मेटाबोलिजम स्लो हुन्छ । यस्तो अवस्थामा तपाईंको तौल बढ्ने गर्दछ ।
तनावः
तनावमा हुँदा वा डिप्रेसनम रहँदा शरिरमा भोक बढाउने हर्मोन बन्ने गर्दछ । त्यसकारण धेरै खाइन्छ, जसले तौल बढ्छ ।
औषधीको साइड इफेक्टः
क्यान्सर, बर्थ कन्ट्रोल, स्टेरोइड, एन्टिबायोटिक्स, पेन किलर्स, माइग्रेन, आर्थराइटिसका औषधीका साइड इफेक्टले पनि तौल बढ्छ ।
पेटको समस्याः
कब्जियत, ग्याँस र पेटका अन्य समस्याका कारण खाना राम्रोसँग पच्न पाउँदैन जसले तौल बढ्न थाल्छ ।
पौष्टिक पदार्थको कमीः
शरिरमा म्याग्नेसियम, आइरन वा भिटामिन डीको कमी हुँदा रोग प्रतिरोधात्मक क्षमतामा नराम्रो असर पर्दछ । यसले इनर्जी लेभल र मेटाबोलिजमलाई पनि स्लो बनाउँछ जसले तौल बढ्छ ।
बढ्दो उमेरः
जति उमेर बढ्छ, शरिरको मेटाबोलिजम त्यति स्लो हुने गर्दछ । यस्तो अवस्थामा बोसो बिस्तारै बर्न हुन्छ जसले तौल बढ्न सहयोग गर्दछ ।
धेरै व्यायामः
व्यायाममा ध्यान दिइरहनुभएको छ तर खानाको क्यालोरीलाई बेवास्ता गरिरहनुभएको छ भने तपाईंको तौल घट्न मुश्किल छ । व्यायाम गर्दा धेरै भोक लाग्छ र हामी धेरै खाना खान्छौं । यस्तो अवस्थामा तौल बढ्छ ।
पर्याप्त मात्रामा ननिदाउनुः
यदि ७–८ घण्टा सुत्नुहुन्न भने शरिरमा भोक बढाउने हर्मोन रिलिज हुन्छ । त्यसकारण धेरै खाँदा तौल बढ्छ ।
धेरै स्वस्थ खानाः
धेरैजसो खाना खाने बेलामा हामी खाना स्वस्थ भएका कारण धेरै खान हुन्छ भन्ने सोच्छौं तर यस्तो होइन । शरिरलाई चाहिएको भन्दा धेरै खाँदा तौल बढ्छ ।
पानीको कमीः
पानीको कमीले शरिरको मेटाबोलिजम स्लो हुन्छ । यसकारण शरिरको बोसो बर्न हुने क्रियामा कमी आउँछ । यसले अपचको समस्या पनि निम्त्याउँछ जसले तौल बढ्न थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
-
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण