शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनतातो पानी पिउनुका यी हुन् फाइदा

शनिबार, ०९ पुस २०७३, १३ : ५४
शनिबार, ०९ पुस २०७३
हाम्रो शरीरको अधिकांश भाग पानीमा नै निर्भर रहन्छ । यदि शरीरमा थोरै पनि पानी कमी भएमा बिरामी हुन सक्छ । त्यसैले पनि शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । त्यसमा पनि हामीले मनतातो पानी पिउने बानी गर्‍यौँ भने शरीरमा रहेको हानिकारक तत्व बाहिर निकाल्न सक्छ । यसरी मनतातो पानी पिएर हामी घरैमा धेरै रोगको उपचार गर्न सक्छौँ । अहिलेको चिसो मौसममा मनतातो पानी स्वास्थ्यका लागि उत्तम हुन्छ । चिसोमा मनतातो पानी पिउनुका फाइदा यस्ता छन्ः हरेक समय थकान महसुस गर्नेले दैनिक बिहान मनतातो पानी पिउनु फाइदाजनक हुन्छ । यसले शरीरको रक्तसञ्चार बढाएर स्फूर्ति बढाउन मद्दत गर्छ । बिहान–बिहान एक गिलास मनतातो पानी पिउँदा पुरानो कब्जियतलाई पनि पूर्णतया निको पार्छ । बिहान मनतातो पानी पिउँदा अनुहारको छाला पनि नरम र चम्किलो बनाउँछ । ब्ल्याक हेड्स तथा अन्य खटिराको समस्या पनि मनतातो पानी पिउँदा समाधान हुन्छ । सर्दी तथा चिसो लाग्दा मनतातो पानी सबैभन्दा उत्तम औषधि हो । त्यसैले रुघाखोकी सुरु हुनासाथ मनतातो पानी पिउन सुरु गरिहाल्नुपर्छ । यसले श्वास तथा अन्ननली खुलाउनुका साथै खोकीबाट पनि आराम दिन्छ । यदि धेरै दिनदेखि भोक लाग्न छोडेको छ भने पनि एक गिलास मनतातो पानीमा मरिच, नुन र कागती राखेर पिउनाले फाइदा गर्छ । पिसाबसम्बन्धी धेरै समस्याको समाधान पनि मनतातो पानीले गर्छ । महिलालाई महिनावारीको समयमा पेट दुख्ने समस्या भएमा पनि मनतातो पानी पिउनु नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप