शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नगर्नुहोस् यी गल्ती, नभए मह विष बराबर

आइतबार, १० पुस २०७३, १७ : १२
आइतबार, १० पुस २०७३

महले स्वास्थ्यमा पुर्याउने सकारात्मक असर बारे हामी सबै अनभिज्ञ छौं । तर यदि यसलाई सहि तरिकाले प्रयोग नगर्दा यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ । आयुवेदले यसलाई के सँग खाने र के सँग नखाने भन्ने बारे जानकारी दिएको छ । जीवन आयुर्वेदका डाक्टर प्रताप चौहानले महसँग खान नहुने सात खानेकुरा बारे जानकारी दिएका छन् ।

तातो खानाः

महको सेवनले शरिरमा गर्मी पैदा गराउँछ । यदि यसलाई तातो खानासँग खाए यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ ।

चिया वा कफीः

चिया वा कफीलाई महसँगै खाँदा यसले शरिरको तापक्रमलाई बढाउँछ । यसले डर र तनाव बढाउन मद्दत गर्दछ ।

मूलाः

महसँग मूला मिसाएर खाँदा शरिरमा टक्सिन बन्न थाल्छ । यसले शरिरका भित्रि अंग नष्ट गर्ने काम गर्दछ ।

तातो पानीः

अत्यधिक तातोपानीसँग मह नखानुहोस् । यसले शरिरमा गर्मी पैदा गर्छ जसले पेटमा समस्या निम्तिन्छ ।

माछा मासुः

माछा मासुसँग मह खाँदा शरिरमा टक्सिन बन्छ जसले शरिरमा नकारात्मक असर पुर्याउँछ ।

तेलः

कुनै पनि तेलसँग मह नखानुहोस् । यसले शरिरको आन्तरिक अंगलाई नष्ट गर्ने गर्दछ ।

घ्यूः

घ्यू र महको मात्रा बराबर नमिसाउनुहोस् । यसले शरिरमा विषाक्त फैलने डर हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप