डाक्टरका कुरा : किन फरफराउँछ परेला ?
शुक्रबार, २२ पुस २०७३, १३ : २२
डा. प्रेरणा कंसाकार , आँखारोग विशेषज्ञ
आँखाका परेला फरफराउनुलाई विभिन्न कोणबाट व्याख्या गरिन्छ । पुरुषको दाहिने र महिलाको देब्रे परेला फरफराउनुलाई शुभ मानिन्छ भने ठीक उल्टो भएमा अशुभ । यो सामाजिक मान्यता मात्रै हो । तर, परेला फरफराउनुलाई विज्ञानले के भन्छ ? डा. प्रेरणा कंसाकारले जवाफ दिएकी छिन् :
कुनै पनि कारण मान्छे तनावमा पर्न सक्छ । यस्तो समयमा शरीरका अंगहरूले आफ्नै तरिकाले संकेत गरिरहेका हुन्छन् । यसकारण आँखाको परेला फरफराउनुलाई मानिसको तनावको एउटा महत्वपूर्ण पाटोको रूपमा हेर्न सकिन्छ ।
पछिल्लो समय मानिसहरूले स्वास्थ्यभन्दा काममा बढी ध्यान दिने गरेको पाइन्छ । अझ स्क्रिनमा लामो समयसम्म रहेर काम गर्ने जमाना छ । यसले गर्दा आँखा दुख्ने समस्या देखापर्न सक्छ । यस्तो तनावका कारण पनि आँखाका परेला फरफराउन सक्छ । आँखालाई तनावमुक्त राख्न ध्यान दिनुपर्छ ।
शरीरमा आवश्यक पौष्टिक तत्वको कमीले पनि परेला फरफराउन सक्छ ।
अत्यधिक अल्कोहल प्रयोग गर्दा पनि आँखा फरफराउने समस्या आउँछ । चिया र कफी बढी प्रयोग गर्दा पनि आँखा फरफराउँछ ।
काममा धेरै लाग्ने, कम्प्युटरको प्रयोग गर्ने तर चस्मा नलगाउने बानीका कारणले पनि आँखाको पानी कम हुने तथा सुक्खा बन्दै जाने हुन्छ । यसले पनि परेला फरफराउने समस्या निम्तिन्छ ।
आँखाको एलर्जी हुनु, रातो हुनु, सुन्निनु या आँसु बढी आउनुले पनि आँखाका परेला फरफराउने गर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण