सेतो मच्छिन्द्रनाथको मूर्ति मर्मत सुरु
काठमाडौँ - काठमाडौँको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई मर्मत तथा सिङ्गारको काम भइरहेको छ ।
पौष शुक्ल अष्टमीका (गत शुक्रबार) दिन महास्नान गराइएको सो मूर्तिमा बिग्रेको ठाउँमा आवश्यक मर्मत र सिङ्गारपछि घाममा राख्ने गरिन्छ । नवमीका दिनदेखि नै सो कार्य जारी छ ।
पौष शुक्ल पूर्णिमाका दिन मूर्तिलाई विधिविधानपूर्वक दशकर्म गरी प्राण प्रतिष्ठा गरिने र मन्दिरमा विराज गराइने पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष पौष शुक्ल सप्तमीका दिन मूर्तिलाई मन्दिरबाट निकालेर कलशमा देवताको प्राण प्रतिष्ठा गरिन्छ । भक्तजनले सो मूर्तिको विकल्पमा सोही कलशमा पूजा गर्ने चलन छ ।
बौद्ध धर्मावलम्बीले आर्य अवलोकितेश्वर, शैवले सिंहनाथ लोकेश्वर, वैष्णवले हरिका रुपमा तथा योगीले नाथका रुपमा मच्छिन्द्रनाथलाई आस्था प्रकट गर्ने गर्दछन् ।
गोरखनाथका पनि गुरुका रुपमा मच्छिन्द्रनाथलाई मानिएको छ । सहकाल र वर्षाका रुपमा समेत मच्छिन्द्रनाथको पूजा हुने गर्दछ । सेतो मच्छिन्द्रनाथ भने निरोगी र करुणाका प्रतीकका रुपमा बौद्ध धर्मावलम्बीले विश्वास गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने
-
निगमलाई उकास्न उपयुक्त मोडलको खोजी भइरहेको छ : मन्त्री पौडेल
-
साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?
-
वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुस तयार
-
हालान्डका लागि कुनै मञ्च ठूलो छैन
-
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण