यस्ता छन् विश्वका सबैभन्दा महंगा घरहरु
न्युयोर्क – पछिल्लो समय विश्व अर्थतन्त्र डामाडोलको स्थिति रहेको बेला सबैभन्दा ठूलो असर घर जग्गा कारोबारमा देखिने अनुमान गरिएको थियो ।
तर, सन् २०१६ मा त्यसको ठीक उल्टो विश्वकै सबैभन्दा महंगो मानिएका घरहरु विक्री भएको वर्षको रुपमा रह्यो ।
पछिल्ला १२ महिनामा किर्तिमानी रकममा विक्री भएका यस्ता छन् विश्वका सबैभन्दा महंगा ५ घरहरुः ५. द पेन्टहाउस ४३२ पर्क एभिन्यिु, न्युयोर्क यो पेन्टहाउस ८.८७ करोड डलरमा वित्री भयो । ८ हजार २ सय ५५ वर्ग फिट आकारको यो पेन्टहाउस विश्वकै सबैभन्दा अग्लो आवासीय टावरको टुप्पोमा रहेको छ । यसलाई साउदीका अर्बपति फवाज अल होकाइरले सेप्टेम्बरमा खरिद गरे ।
४. क्रेस्पी हिक्स इस्टेट, टेक्सास १० करोड डलरमा बिक्री भएको यो म्यानसन २८ हजार वर्ग फिट आकारको छ । यसलाई बिल बैंकका संस्थापक एन्ड्रु बिलले जनवरीमा खरिद गरे । यसमा ७ कोठामात्र रहेको छ । घरमा छुट्टै हेलिप्याड रहेको छ ।
३. ३०१ एन क्यारलवुड ड्राइभ, क्यालिफोर्निया
यो घर पनि १० करोड डलरमा नै बिक्री भयो । यसको आकार ३० हजार वर्ग फिट रहेको छ । यसलाई अर्बपति टम गोर्सले अक्टोबरमा किने । यसमा १० कोठा, २० बाथरुप र एउटा बास्केटबल कोर्टको साथै १० वटा कार ग्यारेज रहेको छ । यसलाई माग गरिएको रकमभन्दा ५ करोड डलर सस्तोमा खरिद गरिएको थियो ।
२. द प्लेब्वाई म्यानसन, क्यालिफोर्निया
प्लेब्वाई मोडलहरु बस्ने यो म्यानसनलाई २० करोड डलर माग गरिएको थियो । तर यो गत अगस्तमा १० करोड डलरमा बिक्री भयो । यसलाई ड्यारेन मेट्रोपोलसले खरिद गरे । यस घरमा होम थिएटर, गेस्ट गाउस, चिडियाघरको लाइसेन्ससमेत रहेको छ ।
१. ताओहुआयुयान, सुझोउ
चीनका रियल स्टेट टाइकुन होङटियान चेनले गत जुलाइमा यो घर खरिद गर्दा सबै किर्तिमानहरु तोडे । ७२ हजार ४ सय ४१ वर्ग फिटको यो म्यानसनलाई १५.४ करोड डलरमा खरिद गएिको थियो । यो चीनमा बिक्री भएको सबैभन्दा महंगो घर थियो । यसमा ३२ वटा कोठाहरु रहेका छन् भने स्वीमिङपुल देखि युनेस्कोको सम्पदा सूचीमा रहेको बगैँचासमेत रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण