अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित
सारांश
- साउदी अरबले बुधबारदेखि सुरु गर्ने भनेको अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित भएको छ ।
- वैदेशिक रोजगार व्यवसायीहरूले एकाधिकार खडा गरी सीप परीक्षणको नाममा श्रमिकमाथि रकम असुल गर्न खोजेको भन्दै तालिम प्रदायक संस्थामा घेराउ गरेका थिए ।
- यो सीप परीक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको थियो ।
काठमाडौँ । बुधबारदेखि साउदी अरबले गर्ने भनिएको अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित भएको छ । बसुन्धारास्थित ‘सीप परीक्षण कार्यक्रम’ (एसभीपी) सञ्चालन गर्न खोलिएको ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालिले सूचना टाँसेर स्थगित भएको जनाएको हो ।
वैदेशिक रोजगार व्यवसायीहरूले बिहान देखि आन्दोलन गरेसँगै ट्रेनिङ इन्स्टिच्युटले स्थगितको सूचना टाँसेको छ । व्यवसायीहरूले एकाधिकार खडा गरी सीप परीक्षणको नाममा प्रमाणपत्र बेच्न श्रमिकमाथि रकम असुल गर्न खोजेको भन्दै तालिम प्रदायक संस्थामा घेराउ गरेका थिए ।
तर, यसबारे साउदी दूतावासले कुनै औपचारिक सूचना जारी गरेको छैन । यो सीप परीक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । परीक्षा शुल्कबापत ५० डलर र पूर्व सिकाइ मान्यता (आरपीएल) बापत ५० डलर लाग्ने व्यवस्था गरेको थियो ।
बुधवार काठमाडौँस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरु गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र पेस नगरेमा श्रम भिसा जारी नगर्ने भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण