मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

गुण्डा नाईके दीपक मनाङे राप्रपामा प्रवेश

बिहीबार, २८ पुस २०७३, १८ : ०५
बिहीबार, २८ पुस २०७३
काठमाडौं– गुण्डा नाइके दिपक मनाङे कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । बिहीबार राजधानीको नयाँ बजार स्थित सम्राट पार्टी प्यालेसमा अयोजित कार्यक्रममार्फत उनी राप्रपामा प्रवेश गरेका हुन् । उनलाई राप्रपाका अध्यक्ष थापाले पार्टी प्रवेश गराएका हुन् । ठमेल क्षेत्रलाई आधार ईलाका बनाएर गुण्डागर्दी गर्दै आएका उनी दर्जनौ पटक जेल परिसकेका छन् । गत असार १७ गते काठमाडौं प्रहरीले संगठीत अपराध मुद्दामा पक्राउ गरेर मनाङेमाथि ६० दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । केही समय पुर्पक्षका लागी डिल्लीबजार कारगारमा थुनिएका मनाङे तिहारअघि छुटेका थिए । उनको अकुत सम्पत्ति बारेको मुद्दा समेत विशेष अदालतमा चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप