मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घाइते भए जुनियर एनटीआर

मङ्गलबार, १२ साउन २०८३, १० : ३१
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर काँधमा चोट लागेपछि छ देखि आठ हप्ता आराम गर्नुपर्ने भएको छ ।
  • एक गतिविधिमा संलग्न हुने क्रममा घाइते भएका एनटीआरलाई डाक्टरहरूले पूर्ण आरामको सल्लाह दिएका छन् ।
  • हाल उनी प्रशान्त नील निर्देशित फिल्म 'ड्र्यागन' को छायांकनमा व्यस्त छन् ।

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर घाइते भएका छन् । अभिनेताको टोलीले उनको काँधमा चोट लागेको विवरण सहितको आधिकारिक विज्ञप्ति जारी गरेको छ ।

उनलाई एउटा एक्टिभिटीको क्रममा काँधमा चोट लागेको बताइएको छ । उनलाई तुरुन्तै डाक्टरकहाँ लगिएको र डाक्टरहरूले उनको जाँच गरेर लगभग छ देखि आठ हप्ता आराम गर्न सल्लाह दिएका छन् ।

‘हामी तपाईँलाई यो जानकारी गराउन पाउँदा दुःखी छौं कि जुनियर एनटीआरको काँधमा चोट लागेको छ । पूर्ण चिकित्सा परीक्षण पछि, डा. जे. मधुसूदन राव र डा. आर.ए. पूर्णचन्द्र तेजस्वीको नेतृत्वमा डाक्टरहरूको टोलीले उनलाई पूर्ण स्वास्थ्यलाभ सुनिश्चित गर्न छ देखि आठ हप्ता पूर्ण आराम गर्न सल्लाह दिएको छ,’ जुनियर एनटीआरको टोलीले एक विज्ञप्तिमा भनेको छ ।

आत्तिनु पर्ने अवस्था नभएको अनि उनको स्वास्थ्य र स्वास्थ्यलाभको बारेमा आधिकारिक अपडेटहरू उचित समयमा दिइने पनि बताइएको छ ।

कामको कुरा गर्ने हो भने जुनियर एनटीआर हाल २०२७ मा रिलिज हुने फिल्म ‘ड्र्यागन’मा व्यस्त छन् । यो फिल्म प्रशान्त नीलले निर्देशन गरेका हुन् । गत वर्ष, जुनियर एनटीआर बलिउड फिल्म ‘वार २’मा देखा परेका थिए । यस फिल्ममा ऋतिक रोशनको पनि अभिनय थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप