पुनःसंरचनाको विषयमा खोटाङमा आन्दोलन जारी
खोटाङ - स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको खाकाका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चार गाविसका बासिन्दाले आज विद्यालयहरुमा कालो झन्डा गाडेका छन् ।
जिल्लाबाट सर्वसहमतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर आयोगले लामिडाँडा गाउँपालिका बनाएको विरोधमा सोही दिनदेखि आन्दोलनरत बुइपा, विजयखर्क, राजापानी र नुनथलाका बासिन्दाले आआफ्नो गाविसका विद्यालयमा कालो झन्डा गाडेका हुन् । विद्यालयको पठनपाठनमा अवरोध नपुग्ने गरी सबै गाविसका विद्यालयमा विरोधस्वरुप कालो झन्डा गाडिएको सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताए।
आयोगको निर्णयविरुद्ध आन्दोलित बासिन्दाले माथिल्लो सगरमाथा र मध्यपहाडी लोकमार्गमा सञ्चालित यातायातका सवारीसाधन दुई हप्ताअघिदेखि बन्द गर्र्दै आएकाले जनजीवन प्रभावित भएको छ । जिल्लास्थित राजनीतिक दलले यातायात बन्दको विकल्प खोज्न आग्रह गरेपछि आन्दोलनकारीले साँझ ५ देखि बिहान १० बजेसम्म सञ्चालन सवारी साथ चलाउन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरका सुकुमबासीको आर्तनाद : सरकारले खानाको व्यवस्था नगरेको भन्दै सुरु गरे आन्दोलन
-
राष्ट्रिय युवा संघले ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने
-
सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो
-
आज रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन
-
चतुर्भुज परियोजना : अर्थतन्त्रको ‘गेमचेन्जर’ योजना, तर कार्यान्वयनमा शङ्का
-
चतुर्भुज परियोजनाले आर्थिक गतिविधि चारैतिर विस्तार हुन्छ : पूर्वसचिव अधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण