बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो

सोमबार, ०१ असार २०८३, १० : ५०
सोमबार, ०१ असार २०८३

सारांश

  • नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको छ।
  • त्यस्तै, चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ।

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि जेठ ३१ गते सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६६० रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ। 

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ रहेको थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३०० रुपैयाँ तय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप