‘सुन साहिँली’ ले तोड्यो युट्युबकै रेकर्ड, २४ घण्टामा ५ लाख बढि पटक हेरियो (भिडियो)
काठमाडौं – काली प्रसाद बास्कोटा र हिमाल साउदको शब्द र बास्कोटाकै संगीत रहेको हेमन्त रानाको ‘सुन साहिँली’ गीत २४ घण्टामा ५ लाख बढि पटक हेरिएपछि यसले युट्युबकै रेकर्ड तोडेको छ ।
जीएच इन्टरटेन्मेन्टका अनुसार साहिँलीले नेपालमा ‘युट्युब भिअरसिप रेकर्ड’ तोडेको छ । २४ घण्टाभित्र धेरै पटक हेरिएको भनी दर्ता भएको यो गीत नेपालमा पहिलो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । समाचार बनाउने बेलासम्म यो गीतको ५ लाख ४६ हजार बढि ‘भ्यू’ भएको छ । साथै गीतलाई २६ हजार बढि लाइक गरिएको छ भने यसमा ४ हजार बढि कमेन्ट गरिएका छन् ।
जीएच इन्टरटेनमेन्टले 'बिदेशी भुमिमा रगतको पसिना बगाउदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्ने लाखौं लाख नेपाली मनहरु प्रती समर्पित' भन्दै यो गीतको भिडियो शनिबार युट्युबमा अपलोड गरेको थियो । गीतमा गौरव पहारी र मेनुका प्रधानको अभिनयले दर्शकको मन छोएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण