सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अख्तियारको छापा, उप–प्रध्यापक पदको उत्तरपुस्तिका जफत !

बुधबार, ०४ फागुन २०७३, १९ : ५२
बुधबार, ०४ फागुन २०७३
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यायले सेवा आयोगको कार्यालमा छापा मारेको छ । बुधवार सेवा आयोगको कार्यालयमा पुगेको अख्तियारको टोलिले २०७२ चैतमा लिएको खुल्ला र विशेष आन्तरीक खुल्ला प्रतियोगीता मार्फत लिएको उप–प्राध्यापक पदको उत्तरपुस्तिका जफत गरेको आयोग स्रोतले जनाएको छ । ‘सेवा आयोगमा भएको अनियमिताको सम्वन्धमा धेरै उजुरी परेको थियो’ अख्तियार प्रवक्ता जिवराज कोईरालाले भने, ‘हामीले छानविनका लागी आवश्यक डकुमेन्ट ल्याएका छौं ।’ गएको मंसिरमा रातोपाटीले त्रिभुन विश्वविद्यालय सेवा आयोगले विभीन्न विषयका उपप्राध्यापक पदमा लिएको लिखीत परिक्षामा पैसाको बार्गेनिङ भएको बारे समाचार प्रकाशन गरेको थियो । समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्री कार्यलय र राष्ट्रिय सतर्कता केन्द्रले यसबारे चासो राखेर छानविन अगाडी बढाएको थिए । राष्ट्रिय सतर्कता केन्द्रले परिक्षा अगावै प्रश्नपत्र बाहिरीएको र ज्वाईंको कपी ससुरालाई जाँच्न दिएर गम्भिर त्रुटि गरेको भन्दै अख्तियारलाई लेखेर पठाएको थियो । बुधवार अख्तियारले छापा मारेर उप–प्रध्यापक तह गणित विषयको उत्तरपुस्तिका जफत गरेको बताईएको छ । सेवा आयोगले २०७२ चैतमा खुल्ला र विशेष आन्तरीक खुल्ला प्रतियोगीता मार्फत १५ सय भन्दा बढी उप–प्राध्यापक पदमा जाँच लिएको थियो । २०७३ साउनमा परिक्षाफल प्रकाशित गरेको आयोगले त्यसपछी पटक–पटक ‘लिखीत परिक्षाको संसोधित नतिजा प्रकाशन सम्वन्धी सुचना’ को नाममा पहिले मेरिटमा परेका नाम हटाएर धमाधम नयाँ नाम थपेको यसअघी नै सार्वजनिक भैसकेको छ । पछिल्लो पटक सेवा आयोगले लिएको परिक्षामा आर्थिक चलखेल भएको, लिखीत परिक्षा हुनुअघी नै परिक्षामा सोधिएका प्रश्नहरु हल गरेर विचौलियामार्फत विक्री गरेको जस्ता गम्भिर विषयहरु उठाउँदै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो । विज्ञापनमा प्रकाशित विषय मध्ये गणित विषयको कपी जाँच्ने शिक्षक चेतराज भट्टले लिखीत परिक्षा हुनुभन्दा पहिले नै परिक्षामा सोधिएका प्रश्नहरु हलगरी बिचौलियामार्फत लाखौं रुपैयाँमा विक्री गरेको परिक्षार्थिहरुले दाबी गर्दै आएका छन् । त्रि.वी केन्द्रिय क्याम्पस किर्तीपुरका प्राध्यापक समेत रहेका भट्टले परिक्षा हुनुअघी नै लेखेर बेचेको गणित विषयको हस्तलिखीत फोटोकपी समेत परिक्षार्थिहरुले प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए । चेतराज भट्ट सहितका शिक्षकहरुले लाखौं रुपैयामा प्रश्नपत्र र त्यसको उत्तर विक्री गर्नका लागी पृथ्वीनारायण क्याम्पस पोखरामा पढाउने रामदत्त भट्ट र त्रि–चन्द्र क्याम्पसका नन्द किशोर सिंहले बिचौलीयाको भुमिका निर्वाह गरेका थिए । यसरी शैक्षिक विचौलीयाको भुमिका निर्वाह गरेका रामदत्त भट्ट र नन्द किशोर सिंह उप–प्राध्यापकको परिक्षामा पास भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप