सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

डिआईजी नवराज सिलवाल बिरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

बुधबार, ०४ फागुन २०७३, २० : ०५
बुधबार, ०४ फागुन २०७३
काठमाडौं, नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल बिरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । ‘आफ्नो बावुलाई झुटो मुद्दामा फसाएको र मिटर ब्याजमा पैसा लगाएको’ आरोप लगाउँदै सागर थापाले गत फागुन २ गते सर्वोच्च अदालतमा रिट दायफागुन ४, गरेका थिए । उक्त रिट उपर सुनुवाई गर्दै बुधवार न्यायाधिश ईश्वरी प्रसाद खतिवडाको एकल ईजलाशले उक्त रिट खारेज गरेको हो ।   रिट दायरकर्ता सागरका बावु गुन बहादुर थापा हाल भिमफेदी कारागारमा छन् । सिलवाल प्रमुख रहेको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकीङ कसुरको आरोपमा गुनबहादुरलाई पक्राउ गरेर मुद्धा चलाएको थियो । सागरले अफ्नो परिवारलाई सिलवालले मातहतका प्रहरी अधिकारी प्रयोग गरेर पटक–पटक धरपकड गरेको र धाकधम्कि दिँदै आएको आरोप लगाउँदै त्यस्ता क्रियाकलाप माथि रोक लगाउन अन्तरिम आदेश गरिपाउँ भन्दै सर्वोच्चको ढोका ढकढक्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप