डिआईजी नवराज सिलवाल बिरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज
बुधबार, ०४ फागुन २०७३, २० : ०५
काठमाडौं, नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल बिरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
‘आफ्नो बावुलाई झुटो मुद्दामा फसाएको र मिटर ब्याजमा पैसा लगाएको’ आरोप लगाउँदै सागर थापाले गत फागुन २ गते सर्वोच्च अदालतमा रिट दायफागुन ४, गरेका थिए ।
उक्त रिट उपर सुनुवाई गर्दै बुधवार न्यायाधिश ईश्वरी प्रसाद खतिवडाको एकल ईजलाशले उक्त रिट खारेज गरेको हो ।
रिट दायरकर्ता सागरका बावु गुन बहादुर थापा हाल भिमफेदी कारागारमा छन् । सिलवाल प्रमुख रहेको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकीङ कसुरको आरोपमा गुनबहादुरलाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।
सागरले अफ्नो परिवारलाई सिलवालले मातहतका प्रहरी अधिकारी प्रयोग गरेर पटक–पटक धरपकड गरेको र धाकधम्कि दिँदै आएको आरोप लगाउँदै त्यस्ता क्रियाकलाप माथि रोक लगाउन अन्तरिम आदेश गरिपाउँ भन्दै सर्वोच्चको ढोका ढकढक्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण