सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अध्यक्षका लागि कमल थापा रप्रपाको महाधिबेशन अघि नै पक्का

बुधबार, ०४ फागुन २०७३, २१ : २८
बुधबार, ०४ फागुन २०७३
काठमाडौं –महाधिबेशन आउनु दुइदिन अघि नै अध्यक्षका लागि कमल थापालाई रप्रपाको अध्यक्ष पदका लागि नेताहरु सहमत हुन पुगेका छन् । राप्रपाले दुइदिन पछि फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ । राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको उक्त पार्टीले महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार रहेको बताउँदै आएका थिए। तर, कमल थापाको नेतृत्वमा सर्वसम्मत जुटाउन सुनिलबहादुर थापासहितका दोस्रो तहका नेताहरु  सक्रृय भएपछि थापा अध्यक्षमा सर्व सम्मत हुने सम्भावना देखिएको थियो  । आज साँझ बसेको बैठकले कमल थापालाई नै अध्यक्ष बनाउने सहमतिमा आइपुगेका हुन् । थापालाई अध्यक्ष बनाउनका लागि सहमति पत्रमा राणा र लोहनीसँगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि हस्ताक्षर गरेका छन् । अब आउँदो महाधिबेसनमा राप्रपाको केन्द्रिय सदस्यका लागि मात्र चुनाव हुनेछ । देशलाई अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सहमतिमा अघि बढ्नु आवश्यक रहेको नेताहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप