अध्यक्षका लागि कमल थापा रप्रपाको महाधिबेशन अघि नै पक्का
बुधबार, ०४ फागुन २०७३, २१ : २८
काठमाडौं –महाधिबेशन आउनु दुइदिन अघि नै अध्यक्षका लागि कमल थापालाई रप्रपाको अध्यक्ष पदका लागि नेताहरु सहमत हुन पुगेका छन् ।
राप्रपाले दुइदिन पछि फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ ।
राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको उक्त पार्टीले महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार रहेको बताउँदै आएका थिए।
तर, कमल थापाको नेतृत्वमा सर्वसम्मत जुटाउन सुनिलबहादुर थापासहितका दोस्रो तहका नेताहरु सक्रृय भएपछि थापा अध्यक्षमा सर्व सम्मत हुने सम्भावना देखिएको थियो ।
आज साँझ बसेको बैठकले कमल थापालाई नै अध्यक्ष बनाउने सहमतिमा आइपुगेका हुन् । थापालाई अध्यक्ष बनाउनका लागि सहमति पत्रमा राणा र लोहनीसँगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि हस्ताक्षर गरेका छन् ।
अब आउँदो महाधिबेसनमा राप्रपाको केन्द्रिय सदस्यका लागि मात्र चुनाव हुनेछ ।
देशलाई अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सहमतिमा अघि बढ्नु आवश्यक रहेको नेताहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण